तपाईँ कति स्वस्थ? कति सुखी?
तपाईँ कति स्वस्थ, कति सुखी? तलका प्रश्न दिनमा धेरैपटक आफैँसँग गरेर आफैँलाई आँक्नुहोस्–
के मैले हरेक दिन एक घण्टा व्यायाम गरेँ त?
म खानका लागि बाँचेको हुँ वा बाँच्नका लागि खाइरहेछु?
के मैले तीन महिनाभित्र रक्तचाप, चिनी तथा कोलेस्टेरोल जाँच गराएँ?
म दिनमा कतिपटक हाँसे?
के मैले चिकित्सकले दिएको सल्लाहअनुसार खानपान र अन्य व्यवहार गरिरहेको छु?
के मैले मेरो सुखका लागि प्रयोग गरिरहेका वस्तुहरू साधारण, प्राकृतिक, सहज मूल्यका तथा समाजलाई ग्राह्य छन्?
के मैले आफ्ना सबै आत्मीयहरूलाई सम्झिएँ र उनीहरूको शुभ होस् भनी कामना गरेँ?
के मेरा बाह्य आवश्यकताहरू विगत केही समयदेखि घटिरहेका छन्?
यो संसारमा भएका कुराहरूलाई म कसरी हेर्छु र आफ्नो जीवनसँग कसरी दाँज्छु किनभने हरेक कुरा मेरै हातमा छन् भन्ने मैले बुझेको छु।
के म सुखी आफैँमा सीमित छु?
के म सांसारिक वस्तुहरू त्याग्न तयार छु? र त्यसपछि के म साँच्चै सुखी भएर बाँच्न सक्छु?
के म दोषी, दिक्दार, डाह गर्ने, रिस उठ्ने, तनाव तथा झडंग रिसाउनेजस्ता नकारात्मक आवेगलाई पर राखेर सुखी, आफैँमा सीमित हुने, अनुग्रहीत हुने, दान दिन तयार हुने, उत्तेजित हुने र हसमुख रहने जस्ता सकारात्मक आवेगहरूमा बढी समय खर्च गरिरहेछु?
के म आफ्नी श्रीमती, आफ्नो काम र आफैँबाट सन्तुष्ट छु?
डा. भारत रावतकाे ‘स्वस्थ जीवनशैली स्वस्थ मुटु’ पुस्तकबाट





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’