कसरी हुन्छ ‘फुड पोइजन?’
खाना विषाक्त भएर वा खानेकुरा अपच भएर हुने झाडावान्तालाई डाक्टरी भाषामा ‘फुड पोइजन’ भनिन्छ। विभिन्न किसिमका ब्याक्टेरिया इकोली, सालमोनेलाजस्ता व्याक्टेरियल संक्रमणका कारणले पनि फुड पोइजन हुन्छ। यसका लक्षण–
पेट दुख्ने,
झाडापखाला लाग्ने,
थकान महसुस हुने,
टाउको दुख्ने,
वाकवाकी लाग्ने,
भोक नलाग्ने
र, कमजोर महसुस हुने।
फुड पोइजनबाट बच्ने उपाय
पानी उमालेर, फिल्टर गरेर पिउने, प्रशस्त पिउने,
धेरै खानेकुरा एकैपटक नखाने,
पकाएको खानेकुरा छोपेर राख्ने,
झिंगा भन्किएको खानेकुरा नखाने,
खाना पकाउँदा र खानुअघि साबुन पानीले हात धुने,
फलफूल पनि राम्रोसँग पखालेर खाने,
प्याकेजिङ खाना, पेयपदार्थ, मैदाका परिकार, केमिकलयुक्त नखाने
र, चाडपर्वको बेलामा पकाइएको माछा, मासु, चिल्लो रोटी लामो समयसम्म राखेर नखाने।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड