चम्किला देखिने फलफूलमा नलाेभिनुस्, विषादी हालिएकाे हुनसक्छ
बजारमा फलफूल किन्दा चम्किला, हेर्दै आकर्षक देखिने, टल्किने किसिमका फलफूलमा हाम्रो आँखा झट्ट जान्छ र किनुँकिँनु लाग्छ। तर त्यस्ता फलफूलमा विषादी प्रयोग हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ।
वास्तविक रङभन्दा अस्वाभाविक किसिमको रङ देखिने किसिमका फलफूल किन्नु उपयुक्त हुँदैन।
कतिपय फलफूमा त हरियो रङ देखाउनका लागि विभिन्न किसिमका विषादीसमेत हालिएको हुन सक्छ। कतिपय विषादीले फलफूल कुहिनबाट बचाउँछ। रङ देखाउने किसिमको विषादी हालेको फलफूल हो वा हाेइन भनेर छुट्याउन विशेषगरी फलफूलको भेट्नाको खाल्टोमा विषादी अड्केको छ वा छैन भनेर हेर्न सकिन्छ।
विशेषज्ञका अनुसार विषादी रातो, पहेँलो, निलो र हरियो लेभल भएको हुन्छन्। हरियो लेभल भएको विषादी डोज मिलाएर हालेको खण्डमा एक हप्तापछि त्यस्तो फलफूल राम्रोसँग पखालेर खान सकिन्छ।
निलो लेभलको विषादी प्रयोग भएको २०\२५ दिनपछि खान सकिन्छ। पहेँलो प्रयोग गरेको ५० दिनभन्दा पछि खान सकिन्छ भने रातो लेभलको विषादी प्रयोग भएको फलफूल खान नहुने बताइन्छ।
चिकित्सकहरूका अनुसार विशेगरी गर्मी मौसममा विषादी प्रयोग भएका फलफूल खाँदा फुड प्वाइजन हुने, वाकवाक लाग्ने समस्या हुन्छ। दीर्घकालीन रूपमा भने क्यान्सरजस्ता घातक रोगको समेत जोखिम हुन्छ। त्यसैले फलफूल खाँदा सावधानी अपनाउनुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण