गर्मीमा दही : शीतलता प्रदान गर्नेदेखि स्वास्थ्यवर्धक पनि
गर्मीको मौसम शुरु भइसकेको छ। गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शीतलता प्रदान गर्ने खानेकुराआवश्यक पर्छ। गर्मीमा चिसो दही खाँदै शीतलताअनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ। दही सेवनले स्वास्थ्यमा समेत धेरै फाइदा पुर्याउँछ।
पेटसम्बन्धी समस्या भएकाका लागि दही अत्यन्त उपयोगी मानिन्छ। भोक कम लाग्ने समस्या भएका व्यक्तिहरूले नियमित दही खाने गरे फाइदा पुग्छ।
दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेटसम्बन्धी रोगबाट छुटकारा मिल्छ। दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्छ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्छ।
दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत र नङलाई पनि बलियो बनाउँछ।
निद्रा नलाग्ने समस्या भएकाहरूले खानाका साथ दैनिक एक कचौरा दही खाँदा फाइदा पुग्छ। दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउँछ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड