उभिएर नपिउनुस् पानी
पानीबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन। अर्थात् पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्त्वमध्ये एक हो।
पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ। केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ।
उभिएर पानी पिउँदा
आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचेक्र्याइँ गर्छन्। जसको घातक परिणाम शरीरले भोग्नुपर्छ। अधिकांश मानिसहरू हतारमा उभिएर पानी पिउछन्। जसले शरीरलाई हानि पुर्याउँछ।
उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुन्छ। ठूलो मात्रामा खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ। यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ। एक–दुई पटक यसरी पानी पिउँदा यस्तो लाग्दैन। तर लामो समयसम्म यसरी पानी पिउँदा पाचनतन्त्र, मुटु र मिर्गाैलाको समस्या देखिन थाल्छ।
उभिएर पानी पिउँदा घुँडामा दबाब पर्छ। त्यसैले बसेर बिस्तारै पानी पिउनु पर्छ।




नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड