Health TV Online
Health TV Online

रुख कटहर खाँदा हुने फाइदा

रुख कटहर खाँदा हुने फाइदा

रुख कटहरमा थुप्रै पौष्टिक तत्त्व पाइन्छ। यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्त्व पाइन्छन्। यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

रुख कटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ। यसले रक्तचाप कम गराउँछ।

रुख कटहरमा पर्याप्त आइरन हुने भएकाले यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन। शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ।

रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ। यसको जरालाई पानीमा बेस्सरी उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ।

हड्डीका लागि पनि रुख कटहर फाइदाजनक मानिन्छ। यसमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउँछ र भविष्यमा असिटयोपोरोसिसको समस्या हुनबाट बचाउँछ।

थाइराइड रोगीका लागि पनि योफाइदाजनक छ। यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पुर्‍याउँछ।

यसमा पाइने भिटामिन सी र ए ले रोगप्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका खेल्छ। यसले ब्याक्टेरिया तथा भाइरसबाट हुने इन्फेक्सनबाट समेत जोगाउँछ।

रुखकटहरले अल्सर तथा पाचनसम्बन्धी समस्या काम गर्न सहयोग गर्छ। कब्जियत हटाउन यसले प्रभावकारी रूपमा काम गर्छ।

यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ।

थप समाचार