बजारकाे पानीपुरी खाँदै हुनुहुन्छ? बिग्रेला स्वास्थ्य
पानीपुरी। नाम लिनसाथ मुखमा पानी आउँछ। गोलाकार पुरी, आलु–मसला र अमिलो–टर्रो पानी। खासगरी किशोरी तथा युवतीहरू यसमा बढी लोभिन्छन्।
पानीपुरी खासमा भारतीय परिकार हो। तर अचेल नेपालका सब सानाठूलौ शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध हुन्छ। यो परिकार सडकदेखि रेष्टुरेन्टको मेनुमा सम्म उपलब्ध हुन थालेको छ ।
पानीपुरी अटा वा सुजी मिलाएर बनाइन्छ। गोलाकार रोटीमा एकातिर सानो प्वाल बनाइन्छ। त्यसमा आलु लगायत मसलाको मिश्रण राखिन्छ। इमली पानी हालेर पानीपुरी खान सकिन्छ।
पक्कै होइन । पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई हानि गर्दैन। तर सडक किनारमा राखिएको पानीपुरी बनाउने तरिका स्वस्थ्यकर नभएकाले सचेत रहनुपर्ने भएकाे हाे। पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै कुरा अस्वस्थ्यकर ढंगले गरिन्छ।
धनियाँ, पुदिना, चटनीको सट्टा पानीमा कृत्रिम रंग मिसाइन्छ। साथै सडेगलेको खानेकुरा प्रयोग गरिन्छ। त्यही कारण पानीपुरीले स्वास्थ्य बिग्रिने बताइन्छ।
पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुन्छ। अस्वस्थकर पानीपुरीको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्नसक्छ। पानीपुरीको अधिक सेवनले कलेजोलाई निकै हानि पुर्याउँछ। पानीपुरीमा मिश्रण गरिएको कृतिम रंग र अखाद्य पदार्थ आन्द्राका लागि हानिकारक हुने बताइन्छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण