नखानुस् रेफ्रिजेरेटरमा राखेकाे खानेकुरा, निम्तिन्छन् यस्ता समस्या
गर्मी मौसममा धेरैको चाहना हुन्छ चिसो खानेकुरा। फ्रिजमा राखेको खानेकुरा खाने गर्छन्। धेरै गर्मी भएका बेलामा फ्रिजमा राखेको चिसो खानेकुरा खानाले तत्काल केही शीतल बनाए पनि स्वास्थ्यको हिसाबले भने राम्रो मानिँदैन।
टन्सिलकाे समस्या
धेरै चिसो पानी पिउँदा वा खानेकुरा खाँदा सबैभन्दा बढी असर घाँटीमा हुन्छ। धेरै चिसो पानी पिउनेलाई लामो समयसम्म टन्सिलले सताउँछ। लामो समयसम्म फ्रिजमा राखिएको चिसो खानेकुरा खानेलाई निमोनिया समेत हुने सम्भावना हुने गर्छ।
पाचन प्रक्रियामा असर
बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ। किनकि यसले रक्तसञ्चारमा असर गर्छ,जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।
मुटुको गतिमा असर
जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुन सक्छ।
शरीरको गडबडी
सामान्यतया शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ। तर धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।
तौल वृद्धि
खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ। यसकारण लामो समयसम्म फ्रिजमा राखिएका चिसा खानेकुरा खानु राम्रो मानिँदैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य