प्रदूषणले निम्त्याउँछ, सामान्यदेखि दीर्घकालीन समस्या
वायु प्रदूषणका कारण शुरुमा भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा पर्छन्।
प्रदूषित हावामा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिन्छ। यसको असरले लामो समयसम्म खोकी लागिरहने र निको नहुने हुन्छ।
त्यस्तै, छातीमा संक्रमण भई निमोनिया हुन्छ। यस्तो भएमा पछि फोक्सोमा क्यान्सर हुने सम्भावनासमेत हुन्छ। प्रदूषित वायुका कारण दमका रोगीलाई सास फेर्न गाह्रो हुन्छ।
प्रदूषण र चिसोको सम्मिश्रणले बुढाबुढीमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा) बढी देखिने गरेको छ। विशेषगरी ६० वर्षभन्दा माथिका मानिसमा यस्तो समस्या देखिन्छ।
लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छन्। साथै, प्रदूषणले मुटुलाई समेत असर गर्छ।
रोकथाम
प्रदूषणबाट बच्नु सबभन्दा बुद्धिमानी हो। धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा माक्स लगाएर हिँड्ने गर्नुपर्छ। विभिन्न संक्रमणबाट बच्न धेरै भिडभाडमा जानुहुँदैन।
खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ। वरपरको वातावरण सधैँ सफा राख्नुपर्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?