Health TV Online
Health TV Online

लाग्यो गर्मीयाम, बच्नुस् लामखुट्टेसँग

लाग्यो गर्मीयाम, बच्नुस् लामखुट्टेसँग

तापक्रम बढेको कारण हिजोआज घरघरमा लामखुट्टे पस्न शुरु भइसकेकाेछ । हरेक व्यक्ति लामखुट्टेले निम्त्याउन सक्ने रोगको जोखिममा रहेका छन् ।

लामखुट्टेको टोकाइका कारण प्रत्येक वर्ष करिब १० लाख मानिसको मृत्यु हुने गर्छ । त्यसैले लामखुट्टेको टोकाइका कारण हुनसक्ने रोगको संक्रमणबाट बच्न जरुरी छ।

मलेरिया

एनाफिलिज नामक लामखुट्टको टोकाइका कारण मलेरिया रोग लाग्छ। यसको प्रमुख कारण भनेको पैरासाइट प्लास्मोडियम हो । मलेरिया भएमा टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने आदि लक्षण देखा पर्छन् । समयमै रोग पत्ता लगाएर उपचार नगरेको खण्डमा यसबाट मानिसको ज्यान समेत जानसक्छ ।

डेंगु

पोथी एडिज लामुखुट्टेले टोकेमा डेंगु हुने गर्छ । डेंगु भएमा टाउको दुख्ने, ज्वरो आउने, हड्डी तथा मांसपेशी दुख्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने आदि समस्या देखा पर्छन् । लामुखट्टेको टोकाइका कारण हुने समस्यामध्ये यो सबैभन्दा घातक समस्या हो । यस्ता समस्याबाट आफूलाई बचाउनु पर्छ।

जिका भाइरस

एडीज प्रजातिको लामखुट्टेले टोकेमा यो रोग लाग्छ । जीका भाइरसका कारण ज्वरो आउने तथा मांसपेशी दुख्छ। जीका भाइरसको संक्रमण भारतमा केहीलाई भएको देखिए पनि नेपालमा भने अहिलेसम्म जीकाका रोगी भेटिएका छैनन्।

चिकनगुनिया

चिकनगुनिया भएमा बेस्सरी ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने लगायतको समस्या हुने गर्छ । चिकनगुनिया रोग विशेषगरी एडीज एजिप्टी तथा एडीज एल्बोपिक्ट्स लामखुट्टेको संक्रमणका कारण हुन्छ।

लिम्फेटिक फाइलेरिया

लिम्फेटिक फाइलेरिया पनि लामखुट्टेको टोकाइका कारण हुन्छ । यसले हाम्रो लिम्फेटिक सिस्टमलाई असर पार्छ । एक पटक यो रोग लागेमा पटक पटक संक्रमण हुने खतरा भइरहन्छ ।

जापानी इन्सेफलाइटिस

जापानी इन्सेफलाइटिस भएमा यसले नसा, दिमाग तथा स्पाइनल कर्डलाई असर पार्छ। यो रोग लागेमा मानिसको ज्यानै जान सक्छ।

थप समाचार