साताभर निन्द्रा मारेर एकदिन धेरै सुत्नुहुन्छ? क्यान्सर हाेला!
निन्द्रा मारेर हप्ताभरि मेहनत गर्ने र सप्ताहान्तमा दिनभरि सुत्ने मानिसको स्वास्थ्य बिग्रिने एक अध्ध्यनले देखाएको छ। सप्ताहान्तमा दिनभरि सुत्दा थकान त हट्छ तर स्वास्थ्य पनि खराब हुन्छ ।
करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार, सप्ताहान्तमा धेरै आराम गर्दा पनि हप्ताभर गुमेको निद्राको पूर्ति गर्न सकिँदैन। सप्ताहान्तमा सुत्दा थोरै समयका लागि मात्र राम्रो अनुभव हुन्छ र फेरि थकाइ लाग्न थाल्छ।
अध्ययनमा संलग्न डा. गोल्डस्टीनका अनुसार, लामो समयसम्म नसुत्दा शरीरका हर्मोनहरूमा असर पर्छ। राति ९ बजेपछि शरीरमा मेलाटोनिन नामक हर्मोन निस्कन्छ जसले गर्दा निद्रा लाग्छ। बिहान सबेरै यो हर्मोन निस्कन बन्द हुन्छ। तर राति ढिलोसम्म जाग्दा शरीरको प्रक्रिया बिग्रिन्छ।
यस्तो दिनचर्या हुँदा तपाईंलाई राति ढिलोसम्म निद्रा लाग्दैन र बिहान पनि छिट्टै निद्रा भंग हुन्छ। हप्ताभरि कम सुत्ने मानिसमा क्यान्सरको समस्या बढिरहेको र समयअगावै मृत्यु हुने खतरा रहन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’