Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिकालाई यसकारण आवश्यक छ, रेसादार खानेकुरा

बालबालिकालाई यसकारण आवश्यक छ, रेसादार खानेकुरा

रेसादार खाना वयस्क व्यक्तिका लागि जति नै आवश्यक छ, बढ्दो उमेरका बालबालिकाहरूका लागि पनि । रेसायुक्त खानेकुरा दिइएन भने उनीहरू पनि वयस्कजस्तै कब्जियतको शिकार हुन सक्छन्।

चिकित्सकहरूका अनुसार बालबालिका एक वर्षका हुनेबित्तिकै रेसायुक्त खाना प्रदान गर्न सकिन्छ। जसरी तौल, उचाइ र उमेर बढेसँगै अधिक मात्रामा क्यालोरी ग्रहण गर्नु आवश्यक छ, त्यही अनुपातमा अधिक मात्रामा रेसायुक्त खाना ग्रहण गर्नु पनि आवश्यक छ।

रेसायुक्त खानाले पेट सहज रूपमा सफा हुन्छ। बालबालिकाहरूलाई कब्जियत भयो भने उनीहरूको डाइटमा रेसायुक्त खाना अर्थात् रेसाहरूको मात्रा बढाए यसबाट छुटकारा मिल्छ । यसले मोटा बालबालिकाको तौलसँग जोडिएका समस्या पनि नियन्त्रण गर्छ।

रेसायुक्त खाना नभए बालबालिकाको विकासमा पनि प्रभाव पर्छ। यसले हाम्रो डाइजेस्टिभ सिस्टम स्वस्थ राख्छ। आन्द्रालाई सही ढंगले काम गर्न मद्दत गर्छ, जसका कारण आन्द्रासित जोडिएका समस्या सिर्जना हुन पाउँदैनन्।

रेसायुक्त खानेकुराले शरीरमा भएको ब्लड सुगरको स्तरलाई पनि स्थिर राख्छ, कारण यसले रगतमा अवशोषित हुने ग्लुकोजको दरलाई कम गर्छ। रेसायुक्त खानाबाट प्रशस्त डाइट ग्रहण गर्दा शरीरलाई लगातार एनर्जी प्राप्त हुन्छ । यसका साथै नराम्रो कोलेस्ट्रोलको स्तर कम हुने भएकाले मुटु रोगको खतरा कम हुन्छ।

रेसायुक्त खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुखबिरुवामा पाइन्छ। केही अध्ययनअनुसार रेसायुक्त खाना ‘टाइप टु’ले डाइबिटिज पनि कम गर्न सक्छ । यसको सेवनका कारण क्यान्सरबाट पनि जोगिन सकिन्छ।

बालबालिकालाई कहिल्यै अत्यधिक मात्रामा रेसायुक्त खाना दिनु हुँदैन। अत्यधिक रेसायुक्त खाना खाँदा शरीरले खनिज तत्त्व ग्रहण गर्न सक्दैन। चिकित्सकहरूका अनुसार एकदेखि तीन वर्षसम्मका बालबालिकालाई दैनिक रूपमा १५ ग्राम, चारदेखि आठवर्षसम्मका बालबालिकाका लागि २५ ग्राम रेसायुक्त खाना दिनुपर्छ।

थप समाचार