याेग र ध्यानबाट हुन्छन् यी फाइदा
मानसिक स्वास्थ्य राम्रो हुन्छ
ध्यान र योगाले स्मरणशक्ति तीक्ष्ण हुन्छ। तपाईँ सही किसिमले कुनै चीजमा केन्द्रित हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ।
तनाव कम हुन्छ
योग र ध्यानको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ। सही ढंगले योग र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ। यो एक यस्तो ‘एन्टिडिप्रिसेन्ट’ हो जसले फाइदा नै फाइदा गर्छ।
खानपानमा सुधार
नियमित योग गर्ने बानीले हाम्रो रुचि स्वस्थ खानातर्फ बढ्न थाल्छ। आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ।
शरीरको लचकता बढ्छ
बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौा रोगबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाइ शुरु हुन्छन्।
दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन काम गर्ने उत्साह र जाँगर पनि बढ्छ।
क्यान्सरको जोखिम कम हुन्छ
मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन्। ध्यान गर्ने मानिसहरूमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ। इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण