समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम!
रातभर काम गर्नु तथा बिहान अबेरसम्म सुत्नुभन्दा समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम हुन्छ। यो बेलायतमा गरिएको वृहत् अध्ययनले देखाएको हो।
बिहान सबेरै उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेहरूको तुलनामा धेरै कम देखिएको हाे।
अध्ययनकर्ताहरूका अनुसार बिहान सबेरै उठ्नेमा क्यान्सरको जोखिम ४० प्रतिशतले कम देखिएकाे थियो। सुत्ने समय र स्तन क्यान्सरको जोखिमका सम्बन्धमा केन्द्रित उक्त अध्ययन चार लाखभन्दा बढी महिलामा गरिएको थियो।
याे अनुसन्धानमा आवश्यकताभन्दा बढी सुत्दा पनि क्यान्सरको जोखिम बढ्ने देखिएको छ। दिनमा सात वा आठ घण्टा सुत्दा स्वास्थ्यका लागि पर्याप्त हुने अनुसन्धानकर्ताहरूकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण