‘सेकेन्ड ह्यान्ड स्मोक’को जोखिममा नेपालसहित यी पाँच देश
एक अध्ययनका अनुसार अमेरिका, इण्डोनेसिया, जोर्डन, बङ्गलादेश र नेपालमा ५० प्रतिशत गर्भवती ‘सेकेन्ड ह्यान्ड स्मोक’ (अरूले गरेकाे धूमपान) को जोखिममा रहेको पाइन्छ।
युनिभर्सिटी अफ योर्कका अध्ययनकर्ताका समूहले ३० विकासोन्मख राष्ट्रमा गरेको अध्ययनअनुसार विश्वरभर रहेका विकासोन्मुख राष्ट्र, मुख्यतः एसियाली राष्ट्रमा बर्सेनि हजारौँको संख्यामा मृत शिशुको जन्म हुने गरेको छ।
हालसालै गरिएको अध्ययनमा पाकिस्तानमा ४० प्रतिशत गर्भवती महिलाले सेकेन्ड ह्यान्ड स्मोकको कारण वर्षमा १७ हजार मृत शिशुलाई जन्म दिने गरेका छन्।
इन्डोनेसियामा मात्र वर्षमा १० हजार मृत शिशुको जन्म हुन्छ। पकिस्तानमा गर्भवती अवस्थामा गरेको धुम्रपानले एक प्रतिशत र अरुले धुम्रपान गरेको धुँवाले सात प्रतिशत मृत शिशुको जन्म हुने गरेको छ। ३० मध्ये पाँच देशमा खाना पकाउने धुवाँले चुरोटको धुवाँजतिकै असर गरेको अध्ययनकर्ताले बताएका छन्।
गर्भवती अवस्थामा चुरोटको धुँवाभन्दा खाना पकाउँदा निस्किने धुवाँले बढी हानि पुर्याउने समेत अध्ययनले देखाएको छ।
‘यो ३० विकासोन्मुख राष्ट्रमा गर्भवती अवस्थामा रहेको बेला सेकेण्ड ह्यान्ड स्मोकले हुने खराबीको बारेमा गरिएको पहिलो अध्ययन हो जसले ठूलो समस्याको बारेमा बताउँछ’, अध्ययनका ‘लिड’ अनुसन्धानकर्ता कमरान सिद्धिकी भन्छिन्, ‘गर्भवती महिलालाई धुवाँबाट टाढा राख्नु आमा र शिशुको स्वास्थ्यका लागि महत्त्वपूर्ण कदम हुन्छ।’





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’