स्किन केयर क्रिम लगाउनुस् तर आगोबाट बच्नुस्
छाला मुलायम बनाउने ‘क्रिम’ लगाएका मानिस आगोबाट अलि बढी सचेत हुनुपर्ने देखिएको छ। एक अध्ययनका अनुसार छाला मुलायम बनाउने ‘क्रिम’ लगाएपछि लगाउने व्यक्तिको छालामा ‘फेब्रिक’ उत्पादन हुन्छ जसले गर्दा त्यस्ता व्यक्तिको शरीरमा आगो फैलिने सम्भावना धेरै हुन्छ।
‘मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी’लाई ‘यूके फायर एन्ड रेस्क्यु सर्भिस’ले दिएको जानकारी अनुसार यो कारणबाट ५० जनाको मृत्यु भइसकेको छ।
‘प्रोप्राइटरी एसोसिएसन अफ ग्रेट ब्रिटेन’का जाेन स्मिथका अनुसार, यस किसिमको क्रिम सुख्खा छालाको लागि महत्त्वपूर्ण त हुन्छ तर आगोबाट हुने खतराको बारेमा पनि जानकारी हुनैपर्छ।
क्रिम प्रयोग गर्दा हामीले बारम्बार लगाएको लुगामा आगोले अरु लुगाभन्दा चाँडो समाउँछ। यसकारण क्रिम लगाएका व्यक्ति आगोबाट टाढा रहनु नै उचित हुन्छ।
क्रिम लगाउन बन्द नगरे पनि यसबाट हुने खतराको जानकारी भने हुन जरुरी छ। यसअघि ५० प्रतिशत ‘प्याराफिन’ भएको क्रिमले यस्तो हुन्छ भन्ने थियो तर अहिलेको अनुसन्धानले प्याराफिन नभएको क्रिममा पनि यस्तो खतरा हुने उल्लेख गरेको छ।
सन् २००६ मा फिलिप हो नाम गरेको एक व्यक्तिले क्रिम प्रयोग गरेपछि चुरोट सल्काउने क्रममा आगो लागेर उनको मृत्यु पनि भएको हो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य