Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘कपर टी’ले यौन जीवनमा कस्ताे असर गर्छ?

‘कपर टी’ले यौन जीवनमा कस्ताे असर गर्छ?

अनिच्छित गर्भ रोक्नका लागि धेरैले गर्भनिरोधक चक्की प्रयोग गर्छन्। कतिले इमर्जेन्सी पिल्स अर्थात आकस्मिक गर्भनिरोध चक्की सेवन गर्छन्। गर्भनिरोधात्मक चक्कीले महिलाको शरीरमा ‘हर्मोनल’ परिवर्तन गराउँछ। यसले मासिक श्राव अनियमित गराउँछ। त्यसैले गर्भनिरोध चक्की सुरक्षित राम्रो मानिँदैन।

कपर टी, गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ। कपर टी लगाएपछि अनिच्छित गर्भ रहने डर हुँदैन। कपर टी गर्भनिरोधको प्रभावशाली उपाय हो ।

यसकारण फाइदाजनक

यो सुविधाजनक हुन्छ, पिल्सजस्तो झण्झट हुँदैन ।

सर्वसुलभ हुन्छ। तुरुन्तै काम सुरु गर्छ ।

चिकित्सककाे सहयाेगमा कुनै पनि समयमा निकाल्न सकिन्छ।

तर, कपर टीकाे बारेमा प्रश्न उठ्न सक्छ, के यसले यौन जीवनमा असर पर्दैन?

पुरूषलार्इ समस्या

कपर टिमा लगाइएको तारले यौनसम्पर्कमा वाधा उत्पन्न गर्न सक्छ। चिकित्सकले यसलाई  काट्दा ध्यान दिनुपर्छ। नत्र याैन सम्पर्ककावेला पुरूषकाे लिंगमा असर गर्न सक्छ। तर यस्तो स्थिति एकदमै कम मात्रामा हुनसक्छ। यदि यस्ताे भए चिकित्ससँग सम्पर्क राख्न सकिन्छ।

महिलामा रगत आउन सक्छ

केही महिला, जसले हर्मोनल आईयूडी लगाएका हुन्छन्, यौन सम्पर्कको क्रममा उनीहरूकाे रगत आउन सक्छ। हरेक महिना मासिक श्रावका साथै थोरै रगत आउन सक्छ। कहिले कहि यौनसम्पर्कको वेला पनि रगत आउन सक्छ। यसले पनि यौन जीवनमा प्रभाव पार्छ। त्यसैले चिकित्सकको परामर्श लिनुपर्छ।

थप समाचार