ज्वरो नदेखिई पनि हुनसक्छ डेंगु
सामान्यत डेंगु संक्रमित व्यक्ति ज्वरोबाट ग्रसित हुने र शरीरमा भयानक दुखाइ हुनेलगायत लक्षण देखिन्छ। तर मधुमेहको बिरामी, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक शक्ति कम भएको मानिसलाई ज्वरो बिना पनि डेंगु हुन सक्छ।
यस्तो व्यक्तिलाई ज्वरो नआए पनि डेंगुको अरु लक्षण भने देखिन्छ तर थोरै मात्रै। भारतस्थित एम्स मे डिपार्टमेन्ट अफ मेडिसिनका चिकित्सक डा.आशुतोष विश्वास भन्छन्, ‘यस्तो किसिमको डेंगु खतरनाक हुन्छ। किनभने यो बेलामा बिरामीलाई डेंगुबाट संक्रमित भएको थाहा हुँदैन।’
यस्तो किसिमको डेंगुमा थोरै मात्र संक्रमण देखिन्छ। ज्वरो, शरीरमा दुखाइ जस्ता समस्या नदेखिने भएकोले बिरामीलाई सामान्य भाइरल भएको जस्तो लाग्छ तर, स्वास्थ्य जाँच गरेपछि मात्र शरीरमा ‘प्लाटिलेटेस्’, ‘ह्वाइट र रेड सेल’को कमी भएको थाहा हुन्छ।
यस्ता व्यक्तिलाई हुन्छ, बिना ज्वरो हुने डेंगुको खतरा
वृद्धवृद्धा र साना बालबालिका,
रोग प्रतिरोधात्मक शक्ति कम भएको व्यक्ति,
मधुमेहका बिरामी,
क्यान्सरका बिरामी,
र अंग प्रत्याराेपण गरिएका व्यक्ति।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड