यसकारण नपिउनुस् ‘इनर्जी ड्रिङ्क’
साना नानीहरूका लागि त झन् हानिकारक
कतिपय मानिस शक्ति पाइने विश्वासमा रेड बुल जस्ता ‘इनर्जी ड्रिङ्क’ पिउँछन्। कतिपय त आफू नखाने भए पनि छोराछोरीको ढिपी टार्न नसकेर उनीहरूलाई यस्तो ड्रिङ्क किनिदिन्छन्।
यस्ता पेय पदार्थले शक्ति दिन्छ भन्ने विज्ञापन एकदम गलत हो। यसले शरीरमा भएको शक्ति पनि खतम पार्छ। यदि यसले शक्ति दिँदो हो त स्वास्थ्यकर्मीले आफ्ना बिरामीलाई पनि रेड बुल खानुस् भन्ने सल्लाह दिन्थे होला तर, उनीहरूले जहिले पनि रेडबुल र अन्य इनर्जी ड्रिङ्क खानु हुँदैन भनिरहेका हुन्छन्।
ठूला मानिसका लागि नै खराब इनर्जी ड्रिङ्क साना नानीहरूका लागि त झनै हानिकारक हुन्छन्। यसमा चिनीको मात्रा एकदम धेरै हुन्छ र यसका कारण हड्डीमा समस्या आउँछ।
यस्तो ड्रिङ्कले मुटु खराब गराउँछ। यिनमा अल्काेहल पनि मिसाइएको हुन्छ। यस्तो पेय पदार्थ पिएपछि शरीरमा पानीको मात्रा कम हुन गई बेहोशी पनि हुनसक्ने सम्भावना हुन्छ।
यस्तो वस्तुको प्रयोगले पनि बच्चाहरू छिटोछिटो रिसाउने, नयाँ कुरा सिक्न नसक्ने र शारीरिक रूपमा कमजोर हुने हुन्छन्। हामी अाफ्ना सन्तानको जीवन अन्धकारमा बितोस् भन्ने चाहँदैनौँ भने यस्तो इनर्जी ड्रिङ्क, चिसो पदार्थ पिउन दिनु हुँदैन।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार