बढी सुत्नु हानिकारक, ६ घण्टा नै हुन्छ पर्याप्त
काठमाडौं : थकान मेट्न सुत्नु लाभदायक मानिन्छ। पर्याप्त निन्द्रा नपुगे मानिस बिरामी हुन्छ। तर कति समय सुत्ने भन्ने विषयमा मानिसहरू अनभिज्ञ छन्।
अमेरिकामा हालै प्रकाशित एक अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिको चाँडै मृत्यु हुने जनाएको छ। अमेरिकाको किले विश्वविद्यालयको सन् १९७० देखि २०१७ सम्म ३० लाख मानिसमा गरेको अध्ययनले दैनिक आठ घण्टा भन्दा अधिक सुत्ने मानिसमा हृदयाघात भई मृत्यु हुने देखाएको छ। धेरै सुत्नेलाई सुतेकै बेलामा श्वासप्रश्वासमा बाधा पुग्ने जनाइएको छ।
अध्ययनमा वैज्ञानिकहरूले सात घण्टासम्म सुत्ने मानिसभन्दा ३० प्रतिशतले बढी मानिसको मृत्यु हुने जनाइएको छ। त्यस्तै अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले पनि अधिक सुत्ने मानिसको मस्तिष्कमा अक्सिजनको कमी हुने र स्मरणशक्तिमा समेत ह्रास आउने जनाइएको छ।
त्यस्तै निद्रा पर्याप्त नभए मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ। अध्ययनले दैनिक ६ घण्टा सुत्नु पर्याप्त हुने सुझाव दिएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण