पाप होइन गर्भपतन !
अपरिपक्व भ्रूणलाई विभिन्न प्रक्रियाबाट बाहिर निकाल्ने प्रक्रिया हो, गर्भपतन। गर्भपतन कुनै पनि जीवनको अन्त्य होइन बरु, यो महिलाको स्वास्थ्य र जीवनमा पर्नसक्ने अनेकौँ समस्या कम गर्न वा आमाको शारीरिक एवं मानसिक स्वास्थ्यको संरक्षण गर्न अन्तिम विकल्प हो। यो पाप नभई महिलाको सम्मानपूर्वक बाँच्न र विकास हुन पाउने अधिकारको संरक्षण हो।
कतिपय मानिस के ठान्छन् भने गर्भपतन महिलासँग मात्र सम्बन्धित विषय हो, यसमा पुरुषको कुनै सरोकार रहँदैन। तर गर्भपतन महिलासँग मात्र सम्बन्धित विषय होइन। गर्भपतन महिला र पुरुष दुवैसँग सम्बन्धित छ। महिला तथा पुरुषको यौन सम्बन्धद्वारा मात्र गर्भधारण हुने भएकाले, गर्भपतन दुवै महिला तथा पुरुषसँग सम्बन्धित छ। यद्यपि गर्भ महिलाकै शरीरमा हुने हुनाले, गर्भपतन गराउने वा नगराउने भन्ने निर्णय गर्ने अधिकार उनको हुन्छ।
गर्भपतन परिवार नियोजनको साधन होइन। यदि पुरुष वा परिवारले महिलालाई परिवार नियोजनको साधनको रूपमा गर्भपतन गर्न वा गराउन बाध्य गराउँछ भने त्यो अपराध हो। गर्भपतन गराउने महिलाहरू चरित्रहीन होइनन्। यो अनिश्चित गर्भधारणबाट उत्पन्न हुने बाध्यकारी अवस्था हो, यसमा महिला र पुरुष दुवै जिम्मेवार हुन्छन्। यसमा महिलालाई मात्र लाञ्छना लगाउनु अन्याय हो। अपराध हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण