पाराग्वे पूर्ण मलेरियामुक्त देश !
एजेन्सी : विश्व स्वास्थ्य संगठनले पाराग्वेलाई पूर्ण मलेरियामुक्त देश घोषणा गरेको छ। जुन ११ मा पाराग्वे पूर्ण मलेरियामुक्त दोस्रो अमेरिकी राष्ट्र बनेकाे हाे। संगठनले सन् १९९३ मा क्युबालाई मलेरिया उन्मुलन भएकाे पहिलो देश घोषणा गरेको थियो। संगठनले सन् २०१६ मा पाराग्वेलाई सम्भावित २१ वटा मलेरिया उन्मुलन राष्ट्रको सूचीमा राखी सन् २०२० सम्म पूर्ण मलेरियामुक्त राष्ट्र बनाउने योजना राखेको थियो ।
सन् १९५० देखि २०११ सम्म पाराग्वेले विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी मलेरियालाई नियन्त्रण गर्ने र पूर्ण रूपमा उन्मुलन गर्न प्रभावकारी ढंगले कार्यान्यन गर्दै आएको थियो । यहाँ मलेरियालाई जनस्वास्थ्यको अत्यन्त ठूलो समस्याका रूपमा लिइएकाे थियाे। सन् १९४० ताका मात्र करिब ८० हजार भन्दा अधिक मानिस मलेरियाकाे शिकार भएका थिए ।
करिब पाँच दशकको प्रयासस्वरुप पाराग्वेमा मलेरिया उन्मुलन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका कारण अल्पविकसित र विकासशिल राष्ट्रहरुले ठूलो संकटकाे सामना गर्दै आएका छन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण