तालु खुइलिने समस्याको सम्भावित उपचार

बीबीसी
कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुनसक्ने सम्भावना देखिएकाे छ। म्यानचेस्टर विश्वविद्यालयकाे प्रयोगशालामा गरिएको अध्ययनका क्रममा उक्त औषधिले कपालको जरामा रहेका ग्रन्थिमा नाटकीय प्रभाव पार्दै कपाल बढ्न सहयोग पुर्याउने देखिएको छ।
उक्त औषधिमा भएको यौगिकले मानिसको कपाल बढ्ने प्रक्रियालाई रोकिदिने र तालु खुइलिने समस्या उत्पन्न गराउने एक प्रकारको प्रोटिनलाई नष्ट गरिदिन्छ।
परिवर्तन
यो अनुसन्धान परियोजनाका निर्देशक म्यानचेस्टर विश्वविद्यालयका डा. नेथन हकशोका अनुसार नयाँ नतिजाले कपाल झर्ने र तालु खुइलिने समस्या भएका मानिसहरूको जीवनमा ठूलै परिवर्तन ल्याइदिन सक्छ।
तालु खुइलिने समस्या भएकाहरूका निम्ति हाल दुई प्रकारका औषधि मात्र उपलब्ध छन्, मिनोक्सिडिल (पुरुष र महिला दुवैका लागि) । फिनास्टेराइड (पुरुषका लागि मात्र)। यी दुवैथरी औषधि विभिन्न देशमा सहज रूपमा उपलब्ध छैनन्। तिनका साइड इफेक्ट पनि छन्। फेरि ती औषधि सधैँजसो प्रभावकारी नहुने हुँदा तिनको प्रयोगको बदलामा मानिसहरूले प्राय: कपाल प्रत्यारोपण विधि अपनाउने गरेका छन्।
पीएलओस बायोलोजी शोध पत्रिकामा प्रकाशित उक्त अनुसन्धान विवरणका अनुसार कपाल प्रत्यारोपण उपचार गराएका चालीस पुरुषहरूको कपालको जराको ग्रन्थिका नमुनाहरूमाथि प्रयोगशालामा विभिन्न परीक्षण गरिएका थिए।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights