असुरोको औषधीय गुण
हिमाल, पहाड र तराई– नेपालको जुनसुकै भूभागमा पाइने वनस्पति हो, असुरो। सर्वसुलभ रूपमा पाइने यो जडिबुटी ज्यादै नै उपयोगी छ। एकपटक उम्रिएपछि यो सितिमिति हराउँदैन। यो जुनसुकै मौसममा सदाबहार हरियो रहिरहन्छ। यसको बिरुवाको उचाइ तीनदेखि नौ फिटसम्म हुन्छ।
औषधीय उपयोग
यसले विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्याहरूमा फाइदा गर्छ। यसले श्वासनलीमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्न मद्दत गर्छ। यसले पुरानो खोकी, दम, पिनासजस्ता समस्या समाधान गर्छ। आउँमासी परेका वेलामा मिश्रीसँग मिसााएर खाँदा फाइदा पुग्छ। चिराइतो कुटेर पिपलासँग मिलाई यसको प्रयोग गर्नाले धेरै दिनदेखिको ज्वरोमा फाइदा पुग्छ।
पिसाब पोलेमा, नाक र मुखबाट रगत बगेमा, घाँटी दुखेमा पनि यसको प्रयोग गर्न सकिन्छ। असुरो दाँत र गिजाका समस्यामा पनि यो राम्रो औषधि हो। यसलाई दतिवनका रूपमा पनि प्रयोग गर्न सकिन्छ। औषधिको रूपमा रस, धुलो वा लेदोको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ। असुरोको पात वा फूलको रस सेवन गर्दा अवस्था र उमेर हेरी १० देखि ४० सम्म प्रयोग गर्न सकिन्छ।
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक