Health TV Online
Health TV Online

स्वास्थ्यकर्मी नै खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि

स्वास्थ्यकर्मी नै खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि

पर्वत : मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत भने अझै पनि उच्च जोखिममा रहेको पाइएको छ।

कुस्मा नगरपालिका स्वास्थ्य एकाइले बिहीबार पर्वत अस्पतालमा गरेको कार्यक्रममा सराेकारवालाहरूले स्वास्थ्यकर्मीले नै औषधि सेवन नगरेका कारण अभियान असफल भएको बताएका हुन्। पर्वतमा सन् २०१० देखि नियमित रूपमा १० पटक औषधि खुवाउने कार्यक्रम सकिए पनि जिम्मेवार व्यक्तिले नै हेलचेक्र्याइँ गर्दा राेग निवारणमा समस्या आएको हो।

‘सबै मानिसले औषधि नखाएका कारण ११ औँ पटकसम्म औषधि खुवाउनुपर्ने अवस्था छ’, कुस्मा नगरपालिकाका स्वास्थ्य एकाइका प्रमुख उमाकान्त सापकोटाले भने, ‘जान्नेबुझ्नेले नै औषधि नखाँदा यस्ताे समस्या भएको हाे।’

औषधि नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी पाइएका छन्। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले औषधिबारे अनावश्यक हल्ला फैलाइएका कारण धेरैले नखाएको बताए। ‘लामो समयसम्म विज्ञले अनुसन्धान गरेर बनाएको औषधिमा कुनै समस्या छैन’, उनले भने, ‘भ्रम तोड्न जरुरी छ।’

पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुँदैछ। दशौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले संक्रमितको संख्या एक प्रतिशतभन्दा तल नझरेपछि पुनः ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको हो। पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिक रूपमा औषधि खुवाउने कार्यक्रम छ।

पर्वतमा दुई वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्यामध्ये एक लाख पाँच हजार ५१६ लाई औषधि सेवन गराउने लक्ष्य रहेको कुस्मा नगरपालिकाका वरिष्ठ अहेब अधिकृत यामप्रसाद शर्माले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

वर्षौँदेखि पाठेघर खस्ने समस्या लिएर बस्न बाध्य छन् जाजरकोटका महिला

वर्षौँदेखि पाठेघर खस्ने समस्या लिएर बस्न बाध्य छन् जाजरकोटका महिला

जाजरकोट :  जिल्लाका धेरै  महिला वर्षौंदेखि पाठेघर खस्ने पीडा लिएर बस्न बाध्य छन्। आर्थिक अवस्था कमजोर भएका घरपरिवारका महिला रोग पालेर बस्ने गरेको पाइएको छ।  ५० शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा  महिलाको उपचार हुन सकेकाे छैन।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा. भूपेन्द्र मल्लले बताए। उनका अनुसार बर्सेनि पाँच हजार महिलाले सन्तान जन्माउँछन्। पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित रहेको उनले बताए।

पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, कि गुलाबी ओलीले बताइन्। ‘पहिलो र दोस्रो सन्तान जन्माउँदा थाहै भएन, तेस्रो जन्माएपछि समस्या देखियो’ उनले भनिन्, ‘अहिले त सामान्य काम गर्न पनि समस्या छ।’

उनकी छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताइन्। शुरुशुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उनले लाजकै कारण कसैलाई नभनेको बताइन्। १४ वर्षको उमेरमा विवाह गरेकी उनका सात सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उनले बताइन्।

गाउँमा उनीहरूजस्तै पाठेघरको समस्या भोग्ने ३० भन्दा बढी महिला छन् । ‘पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन’, डा. मल्लले भने, ‘अधिकांश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ।’ पछिल्लो पाँच वर्षमा विभिन्न संघसंस्थाको सहयोगमा करिब एक हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७०० ले रिङ प्रेसरी राखेका उनले जानकारी दिए।

उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन्। गत साता छेडागाड नगरपालिकाका १२४ महिलाले शिविरमा पाठेघरको उपचार गराए। नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर शिविर चलाएकाे थियो। कतिपयले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा. रायको भनाइ छ ।

‘पाठेघर बाहिर निस्केपछि घस्रिएर फाेहाेर लाग्दा इन्फेक्सन हुने कारण शल्यक्रिया गर्नुपर्छ’, उनले भने, ‘कतिपयले लाजका कारण शल्यक्रिया गर्न मान्दैनन्।’ घरायसी कामको बोझ, गर्भवती समयमा गह्रौँ भारी बोक्नु, कुपोषण हुनु र कम उमेरमै धेरै सन्तान जन्माउनुलगायत कारण  पाठेघर खस्ने समस्या आउने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

भाइरल ज्वरोबाट गाउँ नै प्रभावित

भाइरल ज्वरोबाट गाउँ नै प्रभावित

नुवाकाेट : बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलका कारण गाउँ नै प्रभावित भएको छ। तीन दिनदेखि देखिएको मौसमी भाइरलका कारण गाउँको प्रत्येक घरमा बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले बताए।

गाउँका सबैजसाे बिरामी भएपछि बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ। अहिलेसम्म ५४ को उपचार गरिएको छ। करिब ५० घरधुरी रहेको गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिइन्।

तामाङ समुदायको बाहुल्य रहेको गाउँमा बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गरेको  अनमी पाण्डेले जानकारी दिइन्। गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी हुनसक्ने अनुमान गरिएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चिकित्सक संघ निर्वाचन : मतदान सम्पन्न भएको दुई दिनपछि बल्ल मतगणना

चिकित्सक संघ निर्वाचन : मतदान सम्पन्न भएको दुई दिनपछि बल्ल मतगणना

काठमाडौं : निर्धारित मितिभन्दा  दुईदिन ढिलाे गरी नेपाल चिकित्सक संघको मतगणना शुरू भएको छ। मंगलवार निर्वाचन सम्पन्न भएपछि बुधवार बिहानदेखि मतगणना हुने तय भएकाे थियाे।

‘मतगणना कसरी गर्ने’ लगायत विषयमा दुई पक्षबीच विवाद भएपछि बुधवार साँझ हुन लागेकाे मतगणना राेकिएकाे थियाे। बिहीवार बिहान उम्मेदवारहरूबीच सहमति भएपछि केहीबेरअघि मतगणना शुरु भएको हो।

काठमाडौं उपत्यकामा पाँच दिन चलेको मतदानमा तीन हजार ३०१ जनाले मतदान गरेका थिए भने उपत्यकाबाहिर दुई हजार ८५१ मत खसेको थियो।

संघको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की र पेशागत समावेशी समूहबाट डा. पुष्पमणी खराल प्रतिस्पर्धामा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

कोरोना भाइरसकाे डरले चितवनमा घटे पर्यटक

कोरोना भाइरसकाे डरले चितवनमा घटे पर्यटक

चितवन : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा कमी आएको छ। विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरूपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पुर्याउन आवश्यक रहेको बताए। नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उनले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले याे क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको बताए।

चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन्। सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन्। गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्थे। यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन्।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाइ छ। संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चार वर्षदेखि रोकिएको स्वास्थ्य कर कोषको रकम यो वर्ष बाँडिँदै

चार वर्षदेखि रोकिएको स्वास्थ्य कर कोषको रकम यो वर्ष बाँडिँदै

काठमाडौं : सुर्तीजन्य पदार्थको नियन्त्रणमा लागेका सामाजिक संघ संस्था तथा गैरसरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयले यो वर्ष करिब चार करोड रुपैयाँ बाँँड्ने भएको छ।

लगातार चार वर्षदेखि रोकिएको कर कोषको रकम बाँड्न लागिएको स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव एवं करकोषका सदस्यसचिव पुष्करराज नेपालले बताए।

‘चार वर्षदेखि रोकिएको कर कोषको रकम हामी यो वर्ष वितरण गर्दैछौँ’, उनले भने, ‘प्रस्ताव छनोट हुनका लागि कम्तीमा, ५० अंक ल्याउनुपर्छ।’ यसरी ५० भन्दा बढी अंक ल्याएका ७४ वटा संस्थालाई अंकका आधारमा कर कोषको अनुदान रकम दिन लागिएको हो। यी ७४ वटा संस्थालाई ३ करोड ९३ लाख ९३ हजार रूपैयाँ अनुदान बाँडिँदैछ। अंक अनुसार बढी पाउनेले ७ लाख ९० हजार र कम पाउनेले ४ लाख ७७ हजार रकम अनुदान पाएका छन्।

यसअघि लगातार चार वर्षसम्म स्वास्थ्य कर कोषको रकम कहिले मन्त्री त कहिले सचिवका कारण रोकिँदै आएको थियो। चार पटक नै निवेदनका लागि सूचना जारी गरे पनि अन्तिम चरणमा रकम वितरण हुन सकेको थिएन। वितरण नहुँदा लगातार चार वर्ष बजेट फ्रिज भएको थियो।

सुर्तीजन्य पदार्थबाट उठेको करमध्ये २५ प्रतिशत स्वास्थ्य कर कोषलाई दिनुपर्ने प्रावधान छ। गत वर्ष १३ अर्ब रकम उठेको भए पनि अर्थमन्त्रालयले जम्मा ४० करोड मात्रै कर कोषलाई पठाएको थियो। ४० करोडको १० प्रतिशत रकम सुर्तीजन्य पदार्थको सेवनले हुने नकारात्मक असरका बारेमा जनचेना जगाउने संघसंस्थालाई रकम अनुदान दिने प्रावधान छ।

यसबाट उत्पन्न हुने रोगको रोकथाम, निदान, नियन्त्रण एवं उपचारका लागि कार्यक्रम सञ्चालन गर्न भन्दै उक्त रकम छुट्याउने गरिएको छ। सोही अनुसार गत कार्तिक २४ गते कर कोष सचिवालयले १५ दिनको म्याद राखी दरखास्त आह्वान गर्दै सूचना निकालेको थियो।

सचिवालयका अनुसार तोकिएको अवधिभित्र १२६ वटा संस्थाले प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये ७४ वटा संस्था छनोट गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

प्रसूति भवन निर्माण अलपत्र, सात वर्षमा १० प्रतिशत काम

प्रसूति भवन निर्माण अलपत्र, सात वर्षमा १० प्रतिशत काम

जाजरकाेट : जिल्लाको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन निर्माण अगाडि बढ्न नसकेको हो।

तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६९\७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो। एक करोड ५० लाख रूपैयाँमा भवन निर्माण सम्पन्न हुने सम्झाैता भएकाे थियो। २०६९ वैशाख ७ मा सम्झौता भई २०७० कात्तिक ६ गते डेढ वर्षमा काम सक्ने भनिएकोे थियो।

तर सम्झौता भएको सात वर्ष बितिसक्दा भवन निर्माण पूरा हुन सकेको छैन। भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय स्थानीयवासी प्रकाश शाहीले जानकारी दिए।

समयमा भवन नबन्दा यहाँका महिला गाउँमै प्रसूति सेवा पाउनबाट वञ्चित भएका छन्। सरकारी उदासीनताका कारण काम अलपत्र परेको स्थानीयवासीको गुनासो छ। ‘न त काम अघि बढ्यो न निर्माण व्यवसायीलाई कारवाही नै भयो स्थानीय राजबहादुर शाहीले भने,‘एउटा व्यक्तिले काम नगर्दा सर्वसाधारणले दुःख पाइरहेका छन्। काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न सक्दैन?’

भवन नहुँदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ। अहिले मजकोटवासीले ठेकेदारलाई कडा कारवाहीको माग गरेका छन्। व्यवसायीलाई पटक–पटक ताकेता गरिएको, पत्रपत्रिकामा सूचना जारी गरेर सम्पर्कमा आउन भनिए पनि अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

नेपालमा कुष्ठरोगले अपांगता भएकाको संख्या ३० हजार

नेपालमा कुष्ठरोगले अपांगता भएकाको संख्या ३० हजार

ललितपुर : नेपालमा कुष्ठरोगले अपांगता भएकाको संख्या करिब ३० हजार रहेको एक अध्ययनले देखाएको छ।

कुष्ठरोगमा लामो सयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको अध्ययनले यस्तो देखाएको हो।

हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम रहेको अध्ययनमा जनाइएको छ। कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको संख्या एक लाख ९५ हजार रहेको बताइएको छ।

चिकित्सकका अनुसार यो रोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्छ। कुष्ठरोगले खासगरी छाला र नशामा असर गर्ने गरेको विशेषज्ञ डा. महेश शाहले बताए।

‘याे रोगले छालामा असर गर्दा हातगोडाका औँला कमजोर हुने र खुम्चिँदै गएर अन्त्यमा अंगभंग हुन्छ’, उनले भने, ‘यस्तै आँखीभौँ झर्ने, हातखुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने तर दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखा पर्नुका साथै नाशामा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र विस्तारै मांसपेशी कमजोर हुने समस्या देखिन्छ।’

कुष्ठरोग निकै कम सरुवा रोग भए पनि रोग सरेको दुईदेखि पाँच वर्षभित्रमा लक्षण देखा पर्न थाल्छन्। कुष्ठरोगलाई चिह्न र लक्षणका आधारमा दुई भागमा बाँड्ने गरिन्छ। बढी कीटाणु भएको रोगलाई ‘एमबी’ र कम कीटाणु भएको रोगलाई ‘पीबी’ कुष्ठरोग भनिन्छ। यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। बढी कीटाणु भएका बिरामीले १२ महिना र कम कीटाणु भएका बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्छ। बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत किटाणु निष्क्रिय बनाइदिने चिकित्सक शाहले जानकारी दिए।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५\७६ मा पत्ता लागेका नयाँ बिरामीको संख्या तीन हजार २८२ रहेको थियो। हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनमा काेराेना भाइरस : ६३६ जनाकाे मृत्यु, ३१ हजार संक्रमित

चीनमा काेराेना भाइरस : ६३६ जनाकाे मृत्यु, ३१ हजार संक्रमित

चीनमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमणका कारण बिहीबारमात्रै ७३ जनाको मृत्यु भएको छ।

बिहीबार तीन हजार १४३ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म संक्रमितको संख्या ३१ हजार ११६ पुगेको छ। यीमध्ये ९६२ जना गम्भीर बिरामी छन्।

उपचारपछि एक हजार ५४० जना निको भएर अस्पतालबाट फर्किएको तथ्यांक सार्वजनिक गरिएको छ। बिहीबार मात्रै ३८७ जना घर फर्किएका छन्।

याे भाइरस संक्रमणका कारण चीनबाहिर दुई  जनाको मृत्यु भएको छ। कोरोना भाइरसबारे विश्व समुदायलाई पहिलाेपटक जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

एजेन्सीकाे सहयाेगमा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

हेटौँडा अस्पतालमा ‘कोरोना’ उपचार कक्ष

हेटौँडा अस्पतालमा ‘कोरोना’ उपचार कक्ष

हेटौँडा : वागमती प्रदेश सरकार अन्तर्गतको हेटौँडा अस्पतालमा कोरोना भाइरस उपचार कक्ष तयार भएको छ।

कोरोना भाइरसको लक्षण देखिएका बिरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुईवटा कोठा छुट्याएकोे छ। अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन्।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन। भाइरसको लक्षण देखिए तत्काल रगतको नमुना संकलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। अस्पतालले उपचारका लागि आउने बिरामीलाई भाइरससम्बन्धी सचेतना दिइरहेको छ।

यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले काेराेना भाइरस संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी र भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

सम्भावित प्रकोपबारे चेतावनी दिने चिकित्सकको पनि कोरोना भाइरसकै कारण मृत्यु

सम्भावित प्रकोपबारे चेतावनी दिने चिकित्सकको पनि कोरोना भाइरसकै कारण मृत्यु

एजेन्सी: चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकको सङ्क्रमणकै कारण मृत्यु भएको उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत डा लि वेन्लियाङलाई त्यहीँ सङ्क्रमण भएको थियो।

ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई अनर्गल टिप्पणी नगर्न चेतावनी दिएको थियो।

नयाँ वर्ष परेकाले वुहान सहरमा अधिकारीहरूले कोरोनाभाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन्। तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रवार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ। उनी नेत्ररोग विशेषज्ञ हुन्। उनले काेराेना भाइरस सङ्क्रमित एक जना महिलाकाे माेतियाबिन्दुकाे उपचार गरेका थिए । उनलाई ती महिला कोरोनाभाइरसबाट संक्रमित भएको थाहा थिएन।

चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो।

बीबीसीबाट :

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनमा कोरोना भाइरस संक्रमण : ६४० भारतीय नागरिकको उद्धार

चीनमा कोरोना भाइरस संक्रमण : ६४० भारतीय नागरिकको उद्धार

कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट भारतले ६४० आफ्ना नागरिकलाई उद्धार गरेको छ। यो क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरूले  जानकारी दिएका छन्।

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ। ‘हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ’, मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘उनीहरूसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ।’

उनीहरूलाई दुई उडानमार्फत भारत ल्याइएको र उनीहरू अधिकांशलाई वुहान र नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए। पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये कसैलाई पनि कुनै पनि प्रकारको संक्रमण देखिएको छैन।

भारत फर्किन खोजेका अरु १० जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पूरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारले बताए।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

सरुवा रोग नियन्त्रणका लागि ३०० शय्याको अस्पताल बन्ने

सरुवा रोग नियन्त्रणका लागि ३०० शय्याको अस्पताल बन्ने

काठमाडौं : सरकारले सरुवा रोग नियन्त्रणका लागि ३०० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ।

यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारको मातहत रहने गरी ३०० शय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका संक्रामक रोगको उपचार गर्दै आएको छ।

टेकु अस्पताल ६० शय्याको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

सरकारका प्रवक्ता भन्छन्, वुहानमा रहेका नेपालीप्रति संवेदनशील छौँ

सरकारका प्रवक्ता भन्छन्, वुहानमा रहेका नेपालीप्रति संवेदनशील छौँ

काठमाडौं :  चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको बढ्दो रूपप्रति संवेदनशील रहेको सरकारले जनाएको छ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको बताए।

प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार अत्यन्त सजग रहेको भन्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको दाबी गरे। ‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरूले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रवक्ता बाँस्कोटाले भने।

चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको भन्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे।

वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको भन्दै मन्त्री बास्कोटाले नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो स‌ंक्रमण रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

काठमाडौं : सर्वोच्च अदालतले डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।

न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले आज सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा . केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए। सोही इजलासले कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध पनि अवहेलना मुद्दा दायर गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनमा रहेका छोराछोरीको छिटो उद्धार गरिदिन अभिभावकको आग्रह

चीनमा रहेका छोराछोरीको छिटो उद्धार गरिदिन अभिभावकको आग्रह

काठमाडौं:  कोरोना भाइरसको त्रासका कारण चीनको वुहानमा बन्दी जस्तै बनेका आफ्ना छोराछोरीको उद्धार छिटो गरिदिन अभिभावकहरुले आग्रह गरेका छन्। उनीहरुले आफ्ना छोराछोरी तनावमा रहेका कारण जतिसक्दो छिटो नेपाल ल्याइदिन आग्रह गर्दै बिहिबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका छन्।

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगिसकेको छ भने संत्रमितको संख्या २८ हजार भन्दा बढी पुगिसकेको छ । मर्नेको संख्या दिनप्रतिदिन बढ्दै जाँदा यहाँ रहेका अभिभावक झन त्रसित बनेका हुन्। उनीहरुले आफना छोरोछोरीले राम्ररी खान समेत नपाएको भन्दै उनीहरुलाई यहाँ ल्याउन ढिला नगर्न मन्त्रालयलाई आग्रह गरे ।

मन्त्रालय पुगेका अभिभावकहरुले अन्य देशले आफ्ना नागरिकलाई चीनबाट उद्धार गरी लगिसकेको अवस्थामा नेपालले मात्रै किन ढिला गरिरहेको छ भन्दै आक्रोश पोखेका थिए । सरकारले वुहानमा रहेका नेपालीलाई उद्दार गरी ल्याउने निर्णय गरे पनि कसरी ल्याउने र कहाँ राख्ने भन्ने विषयमा ठोस निर्णय गरेको छैन्। नेपाल आउनका लागि १ सय ८० जनाले फारम भरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनबाट फर्किने नेपाली राख्न चार स्थान तय, फर्काउन अझै एक साता लाग्ने

चीनबाट फर्किने नेपाली राख्न चार स्थान तय, फर्काउन अझै एक साता लाग्ने

काठमाडौं : सरकारले चीनबाट आउन चाहने आफ्ना नागरिकका लागि चार स्थानमा ‘क्वारेन्टाइन’को व्यवस्था गर्ने भएको छ। शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार सम्बन्धित मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी चार स्थानमा क्वारेन्टाइन राख्न निर्देशन दिएका हुन्।

चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न प्रधानमन्त्रीले निर्देशन दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपालीलेस्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्।

अझै एक साता लाग्‍ने

प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई तत्काल फर्काउन निर्देशन दिए पनि सम्पूर्ण तयारी गर्न अझै केही दिन लाग्‍ने भएको छ। एकैपटक १८० जनाको उद्धार गर्नुपर्ने भएकाले नेपाल वायुसेवा निगमको २७४ विमान लैजाने तयारी गरिएको छ। त्यसको  ‘सेड्युल’ मिलाउन कम्तीमा तीन दिन लाग्‍ने स्रोतले जनाएको छ। उनीहरूलाई ल्याएपछि आवश्यक खाना, लुगा र ओछ्यानलगायतको व्यवस्थापन गर्न पनि समय लाग्ने भएकाले एकसाता लाग्ने बताइएको छ।

चीनबाट उद्धार गरी ल्याइएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ। रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्रै उनीहरूलाई घर पठाइने छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

भत्काइयो लुम्बिनी अस्पताल परिसरका व्यावसायिक सटर

भत्काइयो लुम्बिनी अस्पताल परिसरका व्यावसायिक सटर

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ। प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउन शुरु भएको हो।

यसअघि प्रदेश सरकारको गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले मंसिर महिनाभर व्यवसायीलाई सटर खाली गर्न सूचना गरेको थियो। यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीन महिने सार्वजनिक सूचना जारी गरेको थियो।

अस्पताल प्रशासनले आज बिहान ६ बजेबाट भत्काउन शुरु गरेको हो। सटर व्यवसायीले अटेर गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यावसायिक सटर डोजर लगाएर भत्काइएको हो। अस्पतालको पूर्व र उत्तरतर्फ ७३ वटा सटरमा व्यावसायिक मेडिकल तथा अन्य व्यवसाय सञ्चालनमा रहेका थिए।

अस्पतालकाे स्तरोन्नति गर्न गुरुयोजना निर्माण गरेर काम अघि बढाउने प्रक्रिया शुरु भइसकेकाले छिट्टै नै अस्पतालको बाहिरी पर्खाललगायत अन्य पूर्वाधार निर्माणको काम सम्पन्न हुने अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजनालाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ। अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा (क्याथल्याब, न्युरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेशनलगायत) विस्तार गर्ने प्रदेश अस्पताललाई ‘रिफरल’ अस्पतालका रूपमा सञ्चालन गर्ने सरकारको योजना छ।

सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू नभत्काउन अन्तरिम आदेश जारी गरेको थियाे। सटरहरू नभत्काउन अन्तरिम आदेश जारी गरेसँगै सर्वोच्चले  व्यवसायी र अस्पताल प्रशासनलाई फागुन १ गते छलफलका लागि बोलाएकाे छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

नवजात शिशुमा कोरोना भाइरस संक्रमण

नवजात शिशुमा कोरोना भाइरस संक्रमण

चीनमा एक नवजात शिशु कोरोना भाइरस संक्रमित भएका छन्। जन्मेको ३० घण्टामै उनलाई कोरोना संक्रमण भएको पत्ता लागेकाे हो। चिनियाँ सञ्चारमाध्यमका अनुसार ती शिशु नै कम उमेरका संक्रमित हुन्।

गत आइतबार वुहानको स्थानीय अस्पतालमा शिशुको जन्म भएको थियो। शिशुलाई जन्म दिनुअघि उनकी आमालाई संक्रमण भएको थियो। शिशुलाई गर्भमै संक्रमण भएको अनुमान गरिएको छ।

जन्मिनुअघि नै संक्रमण भएको हो वा जन्मेपछि भन्ने पुष्टि भइसकेको छैन। ३.२५ किलोग्राम तौल भएका ती शिशुको अवस्था नाजुक देखिएकाले उनलाई विशेष निगरानीमा राखिएको अस्पतालले जनाएकाे छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

हात्तीपाइलेकाे औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित

हात्तीपाइलेकाे औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित

बाँके : जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ।

बाँकेमा सर्वसाधारणले हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले यस्ताे निर्णय गरेको हो। समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले उक्त रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको बताए।

‘पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्नुपर्यो’, उनले भने। शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेकाले कडा निर्णय गर्नुपरेको उनकाे भनाइ छ।

बाँकेको ग्रामीणभन्दा उपमहानगरभित्र औषधि सेवन गर्ने न्यून छन् । ‘सामान्य मात्रै होइन, शिक्षितले नै औषधि खान मान्दैनन्’, जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले भने, ‘यसले अभियान प्रभावित भइरहेको छ।’

कोहलपुर र उपमहानगरपालिकामा हात्तीपाइलेको जोखिम उच्च छ। नवौँ पटक खुवाउँदा नियन्त्रण नभएपछि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बाँकेमा दशौँ पटक आगामी शनिबार खुवाइँदैछ। बाँकेका चार लाख व्यक्तिलाई औषधि खुवाइनेछ।

उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले शहरका शिक्षित व्यक्तिले औषधि सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती देखिएकोले अभियान सफल बनाउन स्थानीय तह कडाइसाथ लागेको बताए। डा. राणाले औषधि खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा गरेका छन्।

रोग निर्मूल भइसक्नुपर्नेमा अवस्था डरलाग्दो देखिएको स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति दुर्गा गौतमले बताए। औषधिको प्रयोगबारे फैलिएको गलत सूचना प्रमुख चुनौती भएको स्वास्थ्य अधिकृत शाहीले बताए। यो औषधि खाँदा बिरामी हुने, वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएकाले औषधि खान नमानेको उनको भनाइ छ।

बाँकेमा २०६७ देखि  हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ। शुरुआतमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

ताजा अपडेट