हेल्थ टिभी अनलाइन/ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली बुधवार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदैछन्। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला काम नलाग्ने भएपछि अहिले उनलाई भाञ्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ। यसअघि पनि ओलीलाई नातामा बुहारी पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।
प्रधानमन्त्री ओलीलाई मात्र होइन नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका हेमराज श्रेष्ठलाई पनि उनकी श्रीमती ज्ञानीमैयाँले मिर्गौला दान गरेकी थिइन्।
नेपालमा आफन्तलाई मिर्गौला आवश्यक परे दान गर्न महिला नै अघि देखिएका छन्। तर उनीहरूलाई आवश्यक पर्दा भने पुरुषहरूबाट सहजै मिर्गौला पाउन निकै मुश्किल छ।
एक तथ्याकं अनुसार नेपालमा ७० देखि ७५ प्रतिशत मिर्गौला दाता महिला छन्। यो संख्या ५, ६ वर्ष अघिसम्म ८० प्रतिशत थियो।
नेपालको मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनले महिलालाई आवश्यक पर्दा मिर्गौला नपाउने स्थितिलाई कम गर्न मृत्युपछि हुने अंगदानमा आउने मिर्गौलामा महिलालाई प्राथमिकता दिने व्यवस्था छ ।
प्रधानमन्त्री ओलीलाई मात्र होइन नेपालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका हेमराज श्रेष्ठलाई पनि उनकी श्रीमती ज्ञानीमैयाँले मिर्गौला दान गरेकी थिइन्। नेपालमा आफन्तलाई मिर्गौला आवश्यक परे दान गर्न महिला नै अघि देखिएका छन्। तर उनीहरूलाई आवश्यक पर्दा भने पुरुषहरूबाट सहजै मिर्गौला पाउन निकै मुश्किल छ। एक तथ्याकं अनुसार नेपालमा ७० देखि ७५ प्रतिशत मिर्गौला दाता महिला छन्। यो संख्या ५, ६ वर्ष अघिसम्म ८० प्रतिशत थियो।
यो कानुनअनुसार महिलाको हकमा ३ अंक पाउँछन् भने पुरुषले १ अंक मात्र पाउने व्यवस्था छ। तर मृत्युपश्चात गरिने अंगदानमा नेपालले खासै सफलता पाउन सकेको छैन।
‘बाहिर हिँड्नुपर्छ’, ‘काम गरी ख्वाउनुपर्छ’ जस्ता परम्परागत सोचका कारण पुरुष अगाडि बढ्न हिच्किचाउने मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. पुकार श्रेष्ठको बुझाइ छ। ‘अहिले सोचमा अलिकति परिवर्तन आएको हो कि भन्ने लाग्छ’, उनी भन्छन्, ‘तर अझै पनि अस्पतालमा आउने अधिकांश पुरुषलाई मिर्गौला दान गर्न विवाहित भए श्रीमती अविवाहित भए आमा–दिदी र बाबुलाई छोरी नै अघि सर्ने गरेको देखिन्छ।’
नेपालको अंग प्रत्यारोपणसम्बन्धी कानुनबमोजिम नजिकका आफन्तले मात्र मिर्गौला दान गर्न मिल्छ।
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री