भारतको मुम्बईमा तीन जना पत्रकारलाई कोरोना संक्रमण

भारतको मुम्बईमा तीन जना पत्रकारलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  भारतको मुम्बईस्थित एक सञ्चारगृहका तीन जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

संक्रमितमध्ये एकजनामा स्पष्ट कोरोनाको लक्षणहरु ज्वरो आउने,खोकी लाग्ने भएपछि शुक्रबार परीक्षण गरिएको हो।  फिल्डमा खटिएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसलगत्तै उनीसँगै एउटै कार्यकक्षमा कार्यरत अन्य दुई जनामा समेत परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ ।

तीनै जना संक्रमितलाई हाल मुम्बईको पवेईस्थित म्युनिसिपल कपासिटी बिल्डिङ एष्ड रिसर्च सेन्टरमा आइसोलेसनमा राखिएको छ।  तीन जनामा संक्रमण देखिएपछि सो सञ्चारगृहमा कार्यरत थप ३७ जनालाई परीक्ष्ण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यद्यपी हाल उनीहरु सबैलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको सहायक कमिस्नर विनायक विस्पुतले जनाएका छन्।

क्वारेन्टाइनको व्यवस्था सञ्चारगृहले नै एक होटलमा मिलाएको छ ।

स्रोत:  मुम्बई मिरर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँकेको खजुरामा कोरोना विशेष अस्पताल

बाँकेको खजुरामा कोरोना विशेष अस्पताल

हेल्थ टिभी अनलाइन\बाँके : प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने बताएका छन्।

बाँकेमा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको तयारी तथा बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल सञ्चालन अवस्थाको जानकारी लिँदै भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

मन्त्री चौधरीका अनुसार खजुरामा तयार भएको कोरोना विशेष अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री प्रदेश सरकारले उपलब्ध गराउने छ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश ५ सरकारको निर्णयानुसार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना अस्पतालमा ६ शय्याको सघन उपचार कक्ष, तीन शय्यामा भेन्टिलेटर र साधारण ४० शय्या रहनेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अमेरिकामा एकै दिनमा दुई हजार १०८ जनाको मृत्यु

अमेरिकामा एकै दिनमा दुई हजार १०८ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको छ।

एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको जोन हकिन्स विश्वविद्यालयले जनाएको हो।

अमेरिकामा कोभिड–१९ को संक्र्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या इटलीको नजिक पुगेको छ।

इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ। स्पेनमा १६ हजार ३५३ जनाको ज्यान गएको छ। यसैगरी फ्रान्समा १३ हजार १९७, बेलायतमा आठ हजार ९५८, इरानमा चार हजार २३२ र बेल्जियममा तीन हजार ३४६ जनाको मृत्यु भएको जनाइएको छ। चीनमा तीन हजार ३३९, जर्मनीमा दुई हजार ७३६ र नेदरल्याण्डमा दुई हजार ५११ जनाको मृत्यु भएको राससको समाचारमा उल्लेख  छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दुई कोरोना संक्रमित केही दिनमै डिस्चार्ज हुने

दुई कोरोना संक्रमित केही दिनमै डिस्चार्ज हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोनाका दुई संक्रमित केही दिनभित्र अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।

नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने जानकारी दिएका हुन्। उनले अस्पतालमा रहेका आठैजनाको अवस्था सामान्य रहेको बताए।

यता टेकु अस्पतालले पनि उपचारको क्रममा रहेका सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गर्ने जानकारी अस्पतालले दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : कोरोनाविरुद्धको काम प्रभावकारी बनाउनुस्

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : कोरोनाविरुद्धको काम प्रभावकारी बनाउनुस्

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण र रोकथामका काम प्रभावकारी बनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

शनिवार सिंहदरबारको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत सातै मुख्यमन्त्रीसँग स्थानीय तह र प्रदेशमा भइरहेका कामको जानकारी लिएका हुन्। यस क्रममा मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा भएका प्रयासबारे जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीले अहिले भइराखेका प्रयास समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ, लकडाउनको निरन्तरता र संक्रमणको खतरामा लापरबाही नगर्न मुख्यमन्त्रीहरूलाई  आग्रह गरे। नागरिकमा मनोवैज्ञानिक त्रास हुन नदिन ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने उनले बताए।

भिडियो कन्फरेन्समा सबै प्रदेशका मुख्यमन्त्रीले अत्यावश्यक पूर्वाधार बढाउन केन्द्र सरकारले ध्यान दिनुपर्ने धारणा राखे। यस्तै छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम ‘उत्साहजनक’

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम ‘उत्साहजनक’

कोरोना भाइरस संक्रमणपछि हुने कोभिड १९ का बिरामीहरूमा गरिएको एउटा औषधिको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ।

अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड १९ का बिरामीमा गरिएको औषधिको परीक्षणले सकारात्मक परिणाम दिएको हो।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको ‘रेम्डेसिभिर’ नामक ‍औषधि दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ।

‘सुखद परिणाम’

परीक्षणमा सहभागी ३० बिरामीमध्ये १७ जनालाई त्यो औषधि दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो।

त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्। तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्।

रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ।

वृहत् परीक्षण

यसअघि रेम्डेसिभिर औषधिको अर्को परीक्षण यूकेको इङ्गल्याण्ड र स्कटल्यान्डमा शरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए।

सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो।गिलियडले यूकेमा कोभिड १९ का सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो।

त्यसको नेतृत्व संक्रमक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन्। त्यो औषधिको चीनमा पनि परीक्षण जारी रहेको बताइएको छ।

बीबीसी

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीर अस्पतालपछि शुक्रराज ट्रपिकल अस्पतालमा पनि कोरोना परीक्षण शुरु हुँदै

वीर अस्पतालपछि शुक्रराज ट्रपिकल अस्पतालमा पनि कोरोना परीक्षण शुरु हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले आइतबारदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण शुरु गर्ने जनाएको छ। शनिबार भएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुको शुक्रराज अस्पतालमा पनि परीक्षण शुरु गर्न लागेको जानकारी दिए । योसँगै कोरोना परीक्षण अब १३ स्थानबाट हुनेछ ।

सरकारले यसअघि शुक्रबार मात्रै वीर अस्पतालबाट ‘रियल टाइम पीसीआर’ प्रविधिबाट कोरोना परीक्षण गर्न शुरु गरिसकेको छ । वीरमा शुक्रबार चार जनाको परीक्षण भएको थियो । उनीहरु चारै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। प्रवक्ता देवकोटाले अन्य स्थाहरुमा पनि पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि पहल भइरहेको जानकारी गराए ।

हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीरमा परीक्षण हुँदे आएकोमा अब टेकु अस्पतालसहित तीन स्थानबाट परीक्षण गर्न सकिनेछ । उता पाटन अस्पतालमा पनि यसको तयारी भइरहेको बताइएको छ । हालसम्म कोरोनाको आशंकामा ४ हजार ४ सय २६ जनाको परीक्षण भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

हालसम्म ४ हजार ४ सय २६ जनाको परीक्षण, नयाँ संक्रमित थपिएका छैनन्

हालसम्म ४ हजार ४ सय २६ जनाको परीक्षण, नयाँ संक्रमित थपिएका छैनन्

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोनाको आशंकामा दैनिक ७ सय बढी परीक्षण गर्दा पनि नयाँ संक्रमित देखिएका छैनन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।

उनले सरकारले कोरोना परीक्षणको दायरा सातै प्रदेशमा पुर्याएको र दैनिक रुपमा ७ सय बढी कोरोनाको नमुना परीक्षण गर्दा समेत हालसम्म नयाँ संक्रमित फेला नपरेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा रहेका धेरैको १४ दिनको बसाई समेत पूरा भइसकेको छ तर उहाँहरु कसैमा पनि अहिलेसम्मको रिपोर्टमा कोरोना देखिएको छैन्। यो हामी सबैका लागि खुशीको कुरा हो ।’ उनले कोरोना रोकथाम र नियन्त्रणको निर्विकल्प उपाय भनेकै लकडाउन भएकाले अझै केही समय धैर्य गरेर घरभित्रै बसिदिन आग्रह गरे ।

शनिबार बिहानसम्म देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८२ जना उपचारमा रहेको पनि उनले जानकारी दिए । यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या आज ८ हजार ८२ छ । यो संख्या पनि घट्दो छ । २४ घण्टामा ८ सय ९७ जनाको नमुना परीक्ष ण गरिएको थियो । सबैजनाको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए ।  उनले अझै केही दिनसम्म नयाँ संक्रमित नदेखिए फरक रणनिती बनाएर अघि बढ्ने समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको संख्या एक लाख बढी पुगेको छ । उक्त कुरा संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरि संक्रमित हुने व्यक्तिहरूको संख्या १६ लाख नाघेको छ। उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्।

त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा संक्रमण पुष्टि भएको छ।  त्यसपछि अमेरिकामा १६ हजार ७०३ जना व्यक्तिले कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएका छन्। तर संक्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ६० हजारभन्दा बढी व्यक्तिमा संक्रमण भएको पाइएको छ। तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ कोरोनाभाइरसबाट संक्रमित मानिसहरूको संख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा संक्रमण भएको पाइएको छ। मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब आठ हजार मानिसको मृत्यु भएको छ। संक्रमित हुने व्यक्तिहरूको संख्या करिब ६६ हजार छ। भारतमा सङ्क्रमित हुनेहरूको संख्या करिब सात हजार छ भने २२९ जनाको मृत्यु भएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमितको उपचारमा रोबोट !

कोरोना संक्रमितको उपचारमा रोबोट !

इजरायली अन्वेषकहरूले कोरोना भाइरसको संक्रमणका बिरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई संक्रमण हुने जोखिम कम गर्न टाढैबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेका छन्।

रोबोट संलग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट बिरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो। यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकताअनुसार विकास गरिएको हो।

अन्वेषकहरूका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरू रमबाम र अरु इजरायली अस्पतालमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन्।

अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्री स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारण गर्न सक्नेछ।

रोबोट इजरायलको हाइफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रम अन्तर्गत विकसित गरिएको थियो।

एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाइ सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ढुक्क भएर काम गर्न स्वास्थ्यकर्मीलाई राज्यमन्त्रीको निर्देशन

ढुक्क भएर काम गर्न स्वास्थ्यकर्मीलाई राज्यमन्त्रीको निर्देशन

हेल्थ टिभी अनलाइन\जाजरकोट : काठमाडौं स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोनाविरुद्ध ढुक्क भएर काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

शुक्रवार सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाही निरीक्षण गर्दै उनले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका हुन्।

‘स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो संकटको घडीमा जोगिन र जोगाउन संवेदनशील बन्नुपर्छ’, उनले भने।

राज्यमन्त्री  रावतले जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउनेसमेत आश्वासन दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वागमती प्रदेशका १३ जिल्लामा पाँच हजार किट

वागमती प्रदेशका १३ जिल्लामा पाँच हजार किट

हेल्थ टिभी अनलाइन\हेटौँडा : संघीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार किट सामग्री हेटौँडामा आइपुगेको छ।

वागमती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद बिरामीको रोग पहिचान गर्ने ल्याबको किट सामग्री शुक्रवार प्रदेशको १३ जिल्लामा क्रमशः वितरण गर्न कर्मचारीको तीन टोली खटाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ ।

अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका बिरामीको अनुपातलाई मध्यनजर गर्दै न्यूनतम २०० देखि ७०० सयसम्म किट वितरण गर्ने लक्ष्यसाथ प्याकिङ गरिएको छ। ती प्याकिङ वितरण भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर वसन्त अधिकारीले बताए। उनले केही किट सामग्री कार्यालयमा राखिएको, आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको अनुपात बढ्दै गए किट सामग्री तुरुन्तै उपलब्ध गराउने पनि जानकरी दिए।

बिरामीलाई चिकित्सकको निगरामीमा राखिने र थप संक्रमित बिरामीको पहिचान भएमा आइसोलेसन र क्वारेन्टाइन कक्षको संख्या बढाउने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले जानकारी दिए।

उहाँका अनुसार प्रदेशका सबै अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति र स्वास्थ्यकर्मी उपलब्ध गराउन वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिले संघीय सरकारसंग गराउन माग गर्ने निर्णय भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘चिकित्सक र स्वास्थ्यकर्मीको तलब काटिएको छैन’

‘चिकित्सक र स्वास्थ्यकर्मीको तलब काटिएको छैन’

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब अहिलेसम्म कट्टी नगरेको बताएको छ ।

नियमित पत्रकार सम्मेलनमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरेको बताए। उनले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे।

यही चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीको तीनदेखि सात दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो।

संकटका वेला उपचार तथा सुरक्षार्थ खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मीको तलब काट्न नहुने आवाज उठेका वेला स्वास्थ्य मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो।

सरकारले स्वेच्छिक रूपमा आबद्ध हुन पनि सेवाबाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण शुरु

कोरोनाको उपचारमा मलेरियाको औषधि परीक्षण शुरु

अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युट (एनआईएच) ले मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसको उपचारका लागि परीक्षण गर्न अनुमति दिएको छ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्याण्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन्।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरूलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ। त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइने छ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका छन्।

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो। एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीर अस्पतालमा पनि आजबाट कोरोना परीक्षण शुरु

वीर अस्पतालमा पनि आजबाट कोरोना परीक्षण शुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं:  देशकै जेठो वीर अस्पतालमा पनि आजबाट कोरोना नमुना परीक्षण शुरु भएको छ। वीर अस्पतालमा यो सेवा शुरु भएसँगै दैनिक दुई सिफ्टमा गरी ६० जनासम्मको नमुना परीक्षण गर्न सकिने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले जानकारी दिए । उनले भने,’अस्पतालले आज ४ जनाको नमुना परीक्षण गरेर सेवा शुरु गरेको छ । अब दैनिक रुपमा नमुना परीक्षण गर्छौ।’

अस्पतालकी मेडिकल जेनेटिक्स युनिट प्रमुख डा निलम ठाकुर र कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट तथा कोभिड १९ परीक्षण संयोजक विष्णुप्रसाद उपाध्यायको नेतृत्वमा वीरमा यो सेवा शुरु भएको हो । यसेगरी यो टिममा माइक्रोबायोलोजिष्ट डा सिर्जना पाण्डे, मोलिक्युलर टेक्नोलोजिष्ट निर्मल आचार्य ,मोलिक्युलर टेक्नोलोजिष्ट सबिना श्रेष्ठ  र अफिस असिस्टेन्ट राजन आचार्य रहेका छन्।

वीरमा पहिलेदेखि नै जेनेटिक ल्याब थियो । त्यही ल्याबमा अहिले रियल टाइम पीसीआर प्रविधिबाट कोरोना भाइरसको नमुना परीक्षण गर्न लागिएको डा निलम ठाकुरले बताइन्।

वीरमा यो सेवा शुरु भएसँगै १२ स्थानबाट कोरोनाको नमुना परीक्षण हुनेछ । सरकारले नमुना परीक्षणको दायरा फरािकले बनाउँदै गएको छ । बुटवल, पोखरा र नेपालगंजमा पनि ठुलो पीसीआर मेशिन जडान गरेर नमुना परीक्षण गर्ने प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना अपडेट: २४ घण्टामा ६३० जनाको नमुना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

कोरोना अपडेट: २४ घण्टामा ६३० जनाको नमुना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको नयाँ संक्रमितको संख्या विगत केही दिनदेखि बढेको छैन्। यद्यपी नमुना परीक्षणको दायरा भने बढाइएको छ ।

२४ घण्टामा ६३० जनाको नमुना परीक्षण गर्दा समेत सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनले भने, ‘हामीले विगत २४ घण्टामा ६३० जनाको नमुना परीक्षण गर्यौं, उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ यो सँगै ८ सय बढी नमुना टेकुस्थित ल्याबमा परीक्षण  भइरहेको उनले बताए । ती सबैको रिपोर्ट साँझसम्म आउने पनि उनले जानकारी दिए ।

उपत्यकामा ४ सय १ र उपत्यका बाहिर २ सय २९ जनाको नमुना परीक्षण भएको हो । हालसम्म सरकारले ३ हजार ५ सय ५४ जनाको कोरोना परीक्ष्ण गरिएको जनाएको छ । त्यसमध्ये संक्रमितको संख्या नौ रहेको छ । एक जना संक्रमित भने उपचारपछि निको भएर घर फर्केका छन्। भने ८ जना आइसोलेसनमा उपचारमा छन्। डा देवकोटाले हालसम्म कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ६ सय ६० रहेको र आइसोलेसनमा १ सय २५ जना रहेको जानकारी दिए  ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ७ सय नयाँ संक्रमित थपिए

भारतमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ७ सय नयाँ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं:  भारतमा दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दो छ । शुक्रबार बिहानसम्म भारतमा ६ हजार ४ सय १२ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ ।  सबैभन्दा बढी महाराष्ट्रमा १३ सय ६४ जनामा संक्रमण देखिएको छ। जसका कारण महाराष्ट्र अझ बढी त्रसित बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७ सय बढी संक्रमित फेला परेका छन्। मध्यप्रदेशमा एक जना चिकित्सकको समेत मृत्यु भएको छ भने त्यहाँ कयौं स्वास्थ्यकर्मी समेत संक्रमित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

योसँगै उपचारपछि निको भएर घर जानेको संख्या ५ सय ४ रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि भारत सरकारले ३ साताकालागि लकडाउन गरेको छ । यद्यपी संक्रमित भने बढिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण भएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूबाट वार्डमा सारियो

कोरोना संक्रमण भएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूबाट वार्डमा सारियो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएपछि उनलाई आइसीयूबाट वार्डमा सारिएको छ । कोरोना संक्रमण भएका जोनसनलाई संक्रमणको दशौं दिनमा श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालको आइसीयू कक्षमा सारिएको थियो ।

उनको स्वास्थयमा सुधार आएको तर केही दिन अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्। जोनसनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने जनाइएको छ।

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो। उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।

उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको र उपचारका क्रममा आफूले पाएको उत्कृष्ट सेवाका लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल

प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल

हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर अस्पतालले स्त्री तथा प्रसूति उपचारका लागि आफू सुरक्षित रहेको दाबी गरेको छ। स्त्री तथा प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेलले  विभाग छुट्टै भवनमा भएकाले अस्पतालमा प्रसूतिसेवा  पूर्णरूपमा सुरक्षित रहेको दाबी गरे।

पोखरेलले लकडाउनका कारण सुत्केरी गराउन अस्पताल आउनेको संख्या केही कमी भएको जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रसूति सेवा प्रदान गर्न कुनै समस्या नभएको बताए। अस्पतालको प्रसूति रोग विभागमा १४ विशेषज्ञ चिकित्सक तथा ८० नर्स तथा स्वास्थ्यकर्मी रहेका छन्।

काठमाडौंको परोपकार प्रसूति गृहपछि भरतपुर अस्पतालमा धेरै प्रसूति गराउने गरेको तथ्यांक छ। भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल बनेको हो। सो अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ। अस्पतालमा ६०० श्यया छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मन्त्री मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मन्त्री मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोभिड–१९ को परीक्षण एवं उपचारमा अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ।

संघले आज ती सामग्री खानेपानीमन्त्री बिना मगरलाई हस्तान्तरण गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणको समन्वय गर्न सरकारले सो प्रदेशका लागि खानेपानी मन्त्री मगरलाई जिम्मा दिएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २०० थान पीपीई लगायतका सामाग्री खानेपानी मन्त्री मगरलाई आज हस्तान्तरण गरेका हुन्।

कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि प्राप्त भएको व्यक्तिगत सुरक्षा सामग्रीलगायत अन्य सामान मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछिन्। ती स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिन्।

उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बल पुग्ने विश्वास व्यक्त गरिन्। संघले सहयोग गरेको सामग्रीमा पीपीई सेट पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजरलगायत छन्।

ताजा अपडेट