विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार नाघ्यो

४३ लाख भन्दा बढी संक्रमित

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन: विश्वभर हालसम्म ४३ लाख ४२ हजार ३५४ जना मानिस कोरोना भाइरसको संक्रमणको शिकार भएका छन्। यसैगरी २ लाख ९२ हजार ८९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पाइएको छ।

वर्ल्डोमीटरका अनुसार गत २४ घण्टामा ८५ हजार २७२ जना नयाँ संक्रमित थएिका छन् भने ५ हजार ३१९ जनाले ज्यान गुमाएका छन्। त्यसो त १५ लाख बढी कोरोना संक्रमित निको भएर घर फर्केका छन्। विश्वभरमा कारोना संक्रमितको संख्या हेर्दा ७३ प्रतिशत मानिस १० वटा देशका छन।

अमेरिकामा  १४ लाख ८ हजार ५७४ जना संक्रमित भइसकेका छन्। यसैगरी त्यहाँ मृत्यु हुनेको संख्या नै ८३ हजार ४२४ पुगेको छ । त्यसपछि यूकेमा बढी संक्रमण देखिएको छ । यूकेमा ३२ हजार ६९२ जनाको ज्यान गएको छ। भारतमा ७० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म २२ सय बढीको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

एकैदिन ८३ जना संक्रमित थपिए

नेपालमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी २६ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप २६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २१७  पुगेको छ । आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आजै मात्र कोरोना पुष्टि हुनेको संख्या ८३ पुगको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कपिलवस्तुमा नर्सलाई पनि कोरोना पोजेटिभ

कपिलवस्तुमा नर्सलाई पनि कोरोना पोजेटिभ

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

मंगलबार कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो। उनी तौलिहवा अस्पतालमा कार्यरत छिन्। त्यहाँ कार्यरत नर्समा कोरोना देखिएको प्रदेश नम्बर ५ का प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । यसरी स्वास्थ्यकर्मीमा संक्रमण भएको नेपालमै पहिलो केस हो ।

उनका अनुसार नर्स पछिल्लो समय फिबर क्लिनिकमा कार्यरत थिइन्। त्योबाहेक वार्डमा पनि उनको ड्युटी हुन्थ्यो । अस्पतालका स्वास्थ्यकर्मीको परीक्षण गर्ने क्रममा अन्यको रिपोर्ट नेगेटिभ आएको र उनको पोजेटिभ आएको चौधरीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलका अनुसार मंगलबार मात्रै कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना आशंकामा भारतबाट आएका दुईजना आइसोलेसनमा भर्ना

कोरोना आशंकामा भारतबाट आएका दुईजना आइसोलेसनमा भर्ना

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: कोरोना भाइरस (कोभिड-१९)  को आशंकामा कञ्चनपुरमा दुई जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्।

भीमदत्त नगरपालिकाका श्रीमान श्रीमतीमै कोरोनाको जस्तो लक्षण देखिएपछि अस्पताल भर्ना भएका हुन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार श्रीमान् दुई महिनाअघि भारतबाट आएका थिए।

उनीहरूमा  ज्वरो आउनुका साथै रुघाखोकी लाग्ने र घाटी दुख्ने गरेपछि दुवै जना परीक्षण गर्न अस्पताल आएका र शंकास्पद लागेपछि आइसोलेनमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोना परीक्षणका लागि दुवैको थ्रोट स्वाब संकलन गरी ल्याबमा पठाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पर्सामा फिल्डमा खटिएका पत्रकारमा पनि कोरोना संक्रमण

पर्सामा फिल्डमा खटिएका पत्रकारमा पनि कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: पर्साका दुई जना पत्रकारमा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

आज पर्सामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनामध्ये दुईजना पत्रकार रहेको पुष्टि भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले हेल्थ टिभी अनलाइनलाई बताए । उनले भने, ‘दुई जना चिनिने पत्रकार भएकाले उहाँहरुको कन्फर्म भएको छ अन्यको भने एकिन भइसकेको छैन्। हामी बुझ्दैछौं ।’

संक्रमित मध्ये दुई जना पत्रकार सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।

मंगलबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एकैपटक ५७ जनामा कोरोना देखिएको थियो । यी मध्ये पर्सामा मात्रै ३९ जनामा कोरोना पोजेटिभ पाइएको हो । भारत लगायत अन्य देशहरुमा पत्रकारलाई कोरोना संक्रमण भएको भए पनि नेपालमा भने पत्रकारमा कोरोना पोजेटिभ देखिएको पहिलोपटक हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा २ हजार २३६ परीक्षण, २२८ जना आइसोलेसनमा

२४ घण्टामा २ हजार २३६ परीक्षण, २२८ जना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा गत २४ घण्टामा २ हजार २३६ जनाको नमुना परीक्षण गरिएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।

डा. देवकोटाले २४ घण्टामा २ हजार २३६ जनाकाे पीसीआर परीक्षण गरिएकाे र ती मध्ये ५७ जनामा कोरोना पोजेटिभ देखिएको बताए । उनका अनुसार यो सँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ । जसमा १५८ जना पुरुष र ३३ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म १८ हजार ९ सय ६४ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ भने आरडीटी विधिमार्फत परीक्षण गर्नेको संख्या  ५९ हजार ६ सय २७ पुगेको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहने १२ हजार ७ सय ८५ जना रहेका छन्। यसैगरी आजसम्म  २२८ जना आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा एकै दिन ५७ जना संक्रमित थपिए

नेपालमा एकै दिन ५७ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबै पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जमा कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि नै ज्यान मार्ने धम्की

सुरक्षित नरहेको भन्दै कार्यालय जानै डराए स्वास्थ्यकर्मी

नेपालगञ्जमा कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि नै ज्यान मार्ने धम्की

कल्पना आचार्य \काठमाडौं: देशमा काेरोना महामारीका बेला स्वास्थ्यकर्मी आफनो ज्यान जोखिममा राखेर फ्रन्टलाइनमा रहेर काम गरिहरेका छन्। तर यही बखत तीनै स्वास्थ्यकर्मीलाई बारम्बार हतोत्साही गर्नेदेखि ज्यान मार्नेसम्मका धम्की समेत आउन थालेका छन्।

बाँकेको खजुरा गाउँपालिका अन्तर्गतको वडा नं -७ मा पर्ने सोनपुर स्वास्थ्य चौकीका प्रमुख सुदीप पौडेल सहितका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा उजुरी दिन बाध्य भएका छन्। स्थानीय रफी भाटले सामान्य कुरालाई लिएर स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की दिएपछि उनीहरुले सोमबार प्रहरी कार्यालय धनौलीमा उजुरी दिएका हुन्।

सोनपुर स्वास्थ्य चौकी प्रमुख सुदीप पौडेलका अनुसार घटना यस्तो थियो, उनकै शब्दमा:

सुदीप पौडेल, प्रमुख- सोनपुर स्वास्थ्य चौकी

खजुरा गाउँंपालिकाको सोनपुर स्वास्थ्य चौकीमा वैशाख २६ गते स्थानीय महिला सुत्केरी हुनका लागि श्रीमान रफीसहित आएकी थिइन्। स्वास्थ्यकर्मीले महिलालाई व्यथा नलागेको भन्दै घरमै आराम गर्न र पछि आउन भनेर पठाए । साथै हाम्रो एक जना स्टाफ बच्चा बिरामी भएर घर गएकाले सुत्केरी गराउने तत्काल कोही नभएको पनि बतायौँ । उनीहरु त्यहाँबाट हुन्छ पछि आउँछौं भन्दै गए ।

तर उनीहरु पछि आएनन्। एकैपटक भोलिपल्ट महिलाका श्रीमान रफी बच्चा राती घरमै जन्मियो बर्थ सर्टिफिकेट बनाइदिन पर्यो भनेर आए । हामीले बच्चा यहाँ जन्मिएको होइन घरमा जन्मेको बच्चाको सर्टिफिकेट कसरी हामीले बनाउने भन्यौं । तर उनी यही कुरामा रहेर हामीलाई तथानाम गाली गर्ने सामाजिक सञ्जालमा लेख्ने गर्न थाले । यस विषयमा वडा अध्यक्षलाई पनि जानकारी गराएका थियौं । स्वयं वडाअध्यक्ष अतिउल्ला आएर वडाबाट बच्चाको बर्थ सर्टिफिकेट बनाउन कुनै समस्या हुँदैन भन्दा पनि उनी शान्त भएनन्। वडा अध्यक्षकै अगाडी उनी स्वास्थ्यकर्मीमाथि अप शब्द प्रयोग गर्दै खनिए । उनले स्वास्थ्यकर्मीलाई आफनो वडामा टेक्न नदिने एवं कार्यालय आए हाटखुट्टा भाँचिदिने भन्दै बाहिरिए ।

हाम्रा नर्सिङ स्टाफहरुकै अगाडी अश्लिल र अपशब्द प्रयोग गर्दै गालीगलौज गरिरहे । फेरी उनका दुई तीन जना साथीहरु लिएर आएर ज्यान मार्नेसम्मको धम्की दिएर गए । त्यसैले हामीले सोमबार प्रहरीमा उजुरी दिएका छौं । घटनापछि असुरक्षित वातावरणका कारण कार्यालय जान पनि सकेका छैनौं । कोरोनाको यस्तो महामारीका बेला फिबर क्लिनिकमा बिरामी आइरहेका छन्। नेपालगञ्ज कोरोनाको हटस्पट नै बनेकाले स्वाब संकलन कार्य भइरहेको छ, यसले सबै सेवा प्रभावित भएका छन्। सुरक्षाको ग्यारेन्टी नआएसम्म कसरी काममा फर्किनु ?  हामीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनाइयोस अनि मात्र काममा फर्किन्छौं भन्न चाहन्छु ।

यस्ताे छ उजुरी:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज अन्तराष्ट्रिय नर्स दिवस मनाइँदै

आज अन्तराष्ट्रिय नर्स दिवस मनाइँदै

हेल्थ टिभी अनलाइन\काठमाडौं: आज मे १२ तारिख अर्थात अन्तराष्ट्रिय नर्स दिवस। नेपालमा पनि यो दिवस लकडाउनकैविच भए पनि मनाइएको छ ।

कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने नर्सको मनोबल उच्च बनाउन र सम्मान गर्न दिवस केन्द्रित गरिएको नेपाल नर्सिङ संघले जनाएको छ । नेपालमा नर्सले श्रम शोषणको समस्या, योग्यताअनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु लगायतका समस्या भोग्दै आएको संघले जनाएको छ ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।

अन्तराष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वस्थ जीवनयापनका लागि सबैले अपनाउनैपर्ने यी १० कुरा

स्वस्थ जीवनयापनका लागि सबैले अपनाउनैपर्ने यी १० कुरा

डा. मनोज ढकाल

हामी सबै जना खुशी र स्वस्थ रहन चाहन्छौँ । तर कसरी स्वस्थ र खुशी भइन्छ भन्ने तर्फ भने खासै ध्यान दिंदैनौं । आज म यहाँहरुलाई १० टिप्स दिन चाहन्छु । जसको पालना हामीले गर्यौं भने अवश्य पनि स्वस्थ र खुशी भएर जीवनयापन गर्न सहयोग मिल्छ । आउनुस् यी टिप्सवारे छलफल गरौं:

१. पहिला स्वस्थ जीवनशैली प्रतिबद्ध गर्नुहोस्

एक स्वस्थ जीवनशैली अपनाउन पहिला त आत्मादेखि स्वस्थ जीवनको लागि प्रतिज्ञा गर्न जरुरी छ। स्वस्थ व्यक्तिहरू त्यसरी नै जन्मेका हुँदैनन — तिनीहरू एक दिनको एक समय स्वस्थ जीवनशैली बाँच्न छनौट गर्छन्। के यसको मतलब स्वस्थ व्यक्तिहरू कहिल्यै चिप्लँदैन र नराम्रो बानीमा फर्किदैनन्?  होईन। तर ती व्यक्तिहरू जान्दछन् कि उनीहरू एउटा गलत बाटो जाँदैछौ र नराम्रो बाटोमा धेरै भुल्दैनन र उनीहरुको स्वास्थ्यकर जीवन शैली दैनिक रोजाइ हो।

२. हुँदैन वा होइन भन्न सिक्नुहोस्
हामी समाजिक प्राणी भएकाले समाजमा बस्छौ र धेरै साथीहरू बनाउँछौ। त्यसैले साथीहरुको कुनै कुरा नकार्न हामी नराम्रो मान्छौँ। उनीहरुको राम्रो नराम्रो हरेक काम वा खानामा साथ दिन्छौं । राम्रो मित्र हुनुको मतलब यो होइन कि आफैंलाई आफ्नो र प्रियजनहरूको हेरचाह गर्न बेवास्ता गर्नु, र “होईन” भन्नु आफ्नो सम्मानको महत्त्वपूर्ण अंश मान्नु। स्वस्थ व्यक्तिहरू तिनीहरूको आफ्नै आवश्यकताहरूप्रति सजग हुन्छन्। सहिलाई सहि र गलतलाई गलत भन्ने कति पनि पछि पर्दैनन् ।

३. योगलाई तपाईंको दैनिक जीवनको एक हिस्सा बनाउनुहोस्
योग मात्र एउटा यस्तो अभ्यास हो जसले शारीरिक, मानसिक र आध्यात्मिक रुपले मानिसलाई स्वस्थ्य राख्न मद्दत गर्छ। योगले रक्तचाप कम गर्न, शक्ति र लचिलोपन बढाउन, र आसन सुधार गर्न सक्छ । योगले हल्का चिन्ता र उदासीपनाको पनि उपचार गर्न सक्छ र तनाव कम गर्ने कुनै राम्रो तरीका यो भन्दा अरु छैन्। तपाईको मन र शरीरलाई योगाभ्यासमा समर्पण रुपले लाग्नुपर्छ ।

४. विभिन्न परिकारका खानाहरु खानुहोस्
राम्रो स्वास्थ्यको लागी हामीलाई ४० भन्दा बढी बिभिन्न पौष्टिक तत्त्वहरू चाहिन्छ र कुनै एकल खानाले ती सबै आपूर्ति गर्न सक्दैन। यो एकल खानाको बारेमा होइन यो समयको साथ सन्तुलित खाना विकल्पको बारे हो जुन फरक पार्छ । सहि खाना भनेको तपाइँले खाने राम्रो खाना मात्र होइन कति र कसरी खायौं त्यसले नि तपाईंको स्वास्थ्यलाई हानी गर्छ। खाना पटक पटक खानुहोस र शरीर पोषण को लागि मात्र खानुहोस् त्यो भन्दा धेरै होइन । हप्ता मा एक पटक उपवास बस्ने बानी बनाउनुहोस।

५. प्रसस्त पानी पिउनुहोस्
धेरै व्यक्ति प्रत्येक दिन पर्याप्त तरल पदार्थ खपत गर्दैनन्। राम्रोसँग कार्य गर्न शरीरको सबै कोषहरू र अंगहरूलाई पानी चाहिन्छ। दिनमा एउटा बयस्क जवानले कम्तीमा ६ गिलास पानी पिउन जरुरी छ। एकैपटक धेरै भन्दा पनि पटक पटक गरी पानी पिउनुहोस्।

६. नुन र चिनी सेवन घटाउनुहोस्
उच्च चिनी र नुनको सेवनले उच्च रक्तचाप, र हृदय रोग र मधुमेह रोगी को जोखिम बढाउन सक्छ। त्यसैले खाना मा नुन र चिनी को प्रयोग अधिक कम गर्नुहोस।

७. तपाईं आफ्नो जे छ त्यही भन्नुहोस् र तपाईँ जे भन्नु हुन्छ मनदेखि नै भन्नुहोस्

हामी धेरै मानिसहरुले सानै उमेर देखि अफ्नो भवानाहरु लुकाएर राख्न सिकेका छौं । हामी कसैले सोध्दा ठिक त छ भन्छौँ तर वास्तवमा हामी ठिक हुादैनौं। यसको मतलब अरूले के भन्छन र के सुन्न पर्ने हो भनेर एक कदम पछि जानु पनि हो। वास्तवम सिधा कुरा प्रस्ट बिचार नै संसारमा सरल जीवन जिउने एक उपाय हो। स्वस्थ व्यक्तिहरूले उनीहरूको अहंकारलाई जित्न नदिएर जे हो तेहि भन्छन् । नक्कली मुस्कान वा निष्क्रिय आक्रामक टिप्पणीहरू दिनुको सट्टा स्वस्थ मानिसहरू खुलस्त र इमान्दारीपूर्वक कुराकानी गर्छन्।

८. आफ्नो लाभको लागि सहि संगत र दबाब प्रयोग गर्नुहोस् 

साँचो स्वास्थ्य प्राप्त गरेका व्यक्तिहरूले स्वस्थ दिमाग, शरीर र आत्माको लागि आफ्नो प्रतिबद्धता साझा गर्ने सकारात्मक व्यक्तिहरूसँग आफू वरपर राख्ने बानी बसाल्छ। सबै साथीहरूको दबाब खराब हुँदैन — तपाईंको साथीहरूको राम्रो बानीले तपाईंलाई उनीहरूको खराब व्यक्तिहरू जत्तिकै सजिलै रोक्न सक्दछ। स्वस्थ व्यक्तिहरूले बुझ्दछन् कि आफैंलाई आफू वरिपरि घेर्ने व्यक्तिले तपाईंलाई प्रेरणा दिन्छन् जसले तपाईंलाई उत्तम जीवन जिउन मद्दत गर्दछ।

९. प्रेम, दया र आदरसहित अरूलाई व्यवहार गर्नुहोस्
स्वस्थ व्यक्तिहरू केवल सुनौलो नियमले बाँचिरहेका हुन्छन्।अरूसँग त्यो व्यवहार गर्नुहोस् जसरी तपाईं उनीहरूले अफुलाई व्यवहार गरेको हेर्न चाहनुहुन्छ। दया र आदरको बानी गर्नाले तपाईं आफैंमा राम्रो महसुस गराउनुहुनेछ र तपाईंको वरिपरिको मानिसहरूसँग बलियो सम्बन्ध बनाउनुहुनेछ। स्वस्थ व्यक्तिहरू कहिले पनि दयालु शब्द वा विचारशील इशाराको शक्तिलाई हल्का गर्दैनन्। सहिलाई सहि र गलतलाई गलत भन्ने कति पनि पछि पर्दैनन् ।

१०. अब शुरु गर्नुहोस् र बिस्तारै परिवर्तन जारी राख्नुहोस्

हाम्रो जीवनशैलीमा एकैचोटि सबै परिचय देखाईएको भन्दा बिस्तारै परिवर्तन कायम राख्न सजिलो छ। तीन दिनको लागि हामीले गरेको दैनिकी के खायौँ , के गर्यौं को सँग भेट्यौँ सबै कुरा नोट गर्यौ भने हामीले सुधार गर्न सक्ने कुराहरु बुझ्न सक्छौं । र परिवर्तन गर्न सजिलो हुन्छ ।

डा. ढकाल योग तथा प्राकृतिक चिकित्सक हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

नेपालमा थप १३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १३४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३ जनाका कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो जानकारी दिएको हो । योसँगै संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तु रुपन्देही र बर्दियामा गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार काठमाठौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु एशोधरा गाउँपालिका -८ र बुद्धभूमी नगरपालिका -७ निवासी १५ देखि ३८ वर्षका पुुरुष र रुपन्देही समरीमाई गाउँपालिका -७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका- ६ निवासी १४ देखि ४० वर्षका पुरुष एवं बर्दिया राजापुर निवासी ११ वर्षकी बालिकामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि आज बिहान मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै आज मात्रै २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती प्रादेशिक अस्पतालमा ओपीडी लगायतका नियमित सेवा सञ्चालन हुने

सेती प्रादेशिक अस्पतालमा ओपीडी लगायतका नियमित सेवा सञ्चालन हुने

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सेती प्रादेशिक अस्पतालले कोरोना भाईरसको संक्रमणपछि बन्द रहेको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।

अस्पतालले आज सूचना जारी गर्दै मंगलबारदेखि ओपीडी लगायतका नियमित स्वास्थ्य सेवाहरु सुचारु हुने जनाएको हो।

यसअघि कोरोना भाईरसको महामारीलाई लिएर अस्पतालले चैत ११ गतेदेखि ज्वरो क्लिनिक र आकस्मिक सेवा मात्र सञ्चालन गर्दै आएको थियो । ओपीडी सेवा भने बन्द थियो । आइतबार सरकारले देशभरका अस्पताललाई ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम बढी, यसको सेवन नगर्न मन्त्रालयको आग्रह

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम बढी, यसको सेवन नगर्न मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं: सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम बढी हुने भएकाले यसको सेवन नगर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सुर्तीजन्य पदार्थको सेवन गर्नेमा अझ बढी जोखिम देखिएकाले क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नेलाई यसको सेवन नगर्न आग्रह गरेका हुन्। नियमित मिडिया ब्रिफिङमा उनले भने, ‘सुर्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो एवं मुटु कमजोर हुने भएकाले संक्रमितलाई बढी जोखिम हुन्छ ।’ यस्ता व्यक्तिलाई उपचार पनि बढी समय गर्नुपर्ने र निको हुने समय पनि बढी लाग्ने बताए ।

उनले कोरोनाको महामारीका बेला क्वारेन्टाइन र आइसोलेसनमा बस्दा यसलाई सुर्तीजन्य पदार्थ सेवन छोड्ने अवसरको रुपमा लिन आग्रह गरे । उनले सुर्तीजन्य पदार्थको सेवन छोड्दा संक्रमित छिटो निको हुने, रोगसँग लड्ने क्षमता बढी हुने साथै जटिलताको सम्भावना कम हुने समेत जिकीर गरे । उनले यसले परिवारलाई सेकेन्ड ह्यान्ड स्मोकको जोखिमबाट पनि जोगाउन सकिने बताए ।

विभिन्न अध्ययनले पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेमा कोरोनाको जोखिम बढी हुने देखाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म १२१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३३ जना उपचारपछि निको भएर घर फर्केका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सप्तरीमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबार विज्ञप्ति जारी गर्दै सप्तरीका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा परीक्षण गर्दा सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं ३ निवासी १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । आजै बिहान कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनबाट आएका ४० हजार पीसीआर किटसहितको सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

चीनबाट आएका ४० हजार पीसीआर किटसहितको  सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: चीनले सहयोग गरेका पीसीआर किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तातरण गरिएको छ।

सोमबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिंदै आपतका बेला असल छिमेकी बनेको भन्दै आभार प्रकट गरे । राजदुत यान्छीले नेपाललाई आपत परेका बेला सधैं सहयोग गर्न तयार रहेको बताइन्।

चीन सरकारले ४० हजार पीसीआर किट, २० हजार एन ९५ मास्क, सर्जिकल मास्क ८ लाख, गगल्स १० हजार थान लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

यी हुन् सबैभन्दा बढी कोरोना प्रभावित देश, ७३ प्रतिशत संक्रमित १० देशमा मात्रै

यी हुन् सबैभन्दा बढी कोरोना प्रभावित देश, ७३ प्रतिशत संक्रमित १० देशमा मात्रै

हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ८० हजार बढी पुगेको छ । यसैगरी २ लाख ८३ हजार ७३४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा मात्रै हालसम्म १३ लाख ६७ हजार बढी संक्रमित पुष्टि भएका छन्। यसैगरी मृत्यु हुनेको संख्या नै ८० हजार बढी छ । संक्रमित र मृत्यु हुनेमा एक तिहाइ अमेरिकामै भएको बताइएको छ ।

२ सय १२ देशमा पछिल्लो २४ घण्टामा ७९ हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन्। २४ लाख ९० हजार ४४४ जना उपचारपछि निको भएर घर फर्केका छन्। अमेरिका, स्पेन, इटली,  रुस,यूके लगायतका देशमा दुई लाख बढी संक्रमित भइसकेका छन्। यी देशमा भएका संक्रमित र मृत्यु हुनेको संख्या यसप्रकार रहेको छ ।

-अमेरिका:  १३ लाख ६७ हजार ६३८, मृत्यु हुनेको संख्या ८० हजार ०३७ जना
-स्पेन:  २६ लाख ४ हजार ६६३, मृत्यु हुनेको संख्या २६ हजार ६२१
-यूके:  २१ लाख ९ हजार १८३, मृत्यु हुनेको संख्या ३१ हजार ८५५
-इटली : २१ लाख ९ सय ७०, मृत्यु हुनेको संख्या ३० हजार ५६०
-रूस:  २०लाख ९हजार ६८८, मृत्यु हुनेको संख्या १हजार ९१५
-फ्रांस:  १७ लाख ६हजार ९७०, मृत्यु हुनेको संख्या २६ हजार ३८०
-जर्मनी:  १७ लाख १ हजार ८७९, मृत्यु हुनेको संख्या ७ हजार ५६९
-ब्राजील:  १६लाख २ हजार ६९९, मृत्यु हुनेको संख्या ११ हजार १२३
-टर्की : १३ लाख ८ हजार ६५७, मृत्यु हुनेको संख्या ३हजार ७८६
-ईरान: १० लाख ७ हजार ६०३, मृत्यु हुनेको संख्या ६ हजार ६४०

कोरोना भाइरसको महामारी शुरु भएको चीन भने संक्रमित धेरै हुने १० देशबाट बाहिरिएको छ । चीनमा जम्मा ८२ हजार ९०१ जनामा संक्रमण देखिएको र ४ हजार ६ ३३ जनाको ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । आजै मात्र थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलवस्तुका १० जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार परीक्षण गर्दा कपिलवस्तु यशोधरा गाउँपालिका -५,  बुद्धभुमी नगरपालिका -७ र १० निवासी १८ देखि ३४ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशकको नियुक्तिप्रति गोदानको आपत्ति

राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशकको नियुक्तिप्रति गोदानको आपत्ति

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको पदमा गरेको नियुक्तिप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति जनाएको छ ।

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समिती गठन आदेश -२०६८ अनुसार कार्यकारी निर्देशक नियुक्ती गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुनुपर्ने भए पनि त्यस विपरित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा प्रेम ज्ञवालीलाई नियुक्ति गरेको पाइएको भन्दै आपत्ति जनाएको हो ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’सिमित सेवा सुविधाकाबीच पनि देशका सबै भागमा कार्यरत सरकारी चिकित्सकलाई विगतमा स्वायक्तताको नाममा सरकारी अस्पताललाई प्रतिष्ठान बनाउँदै निकालिएका उदाहरण र सरकारी स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्दा नियम मिचेर नेपाल सरकारका चिकित्सक ईतरबाट हुने गरिएका घटनाबाट पहिले नै सम्पुर्ण सरकारी चिकित्सकको मनोबल घट्दो क्रममा रहेको छ । यही अवस्थाबीच फेरी मानव अंग प्रत्यारोपण केन्द्रमा भएको नियमविपरितको नियुक्तीले नेपाल सरकार स्वास्थ्य सेवाका चिकित्सकहरु झन दुरुत्साहित भएको महसुस गरेका छौं ।’

संंघले यस्तो नियम विपरितको नियुक्तिलाई तत्काल सच्याउन सरकार समक्ष माग गरेको छ । केन्द्रमा यसअघि डा पुकारचन्द्र श्रेष्ठ कार्यकारी निर्देशक थिए । गत साता उनको कार्यकाल सकिएको हो ।

प्रेस विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा ओझा

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा ओझा

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालले करिब २ वर्षपछि विकास समिति अध्यक्ष पाएको छ। अस्पताल विकास समितिको अध्यक्षमा करूणाकर ओझा नियुक्त भएका छन्। मन्त्रिस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

ओझालाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको आधिकारिक पत्र शुक्रबार मात्रै अस्पतालमा पुगेको अस्पतालले जनाएको छ। उक्त समितिको कार्यकाल तीन वर्षको हुने छ। ओझासहित अन्य ३ सदस्यलाई विकास समितिमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेपछि विकास समितिले पूर्णता पाएको हो। अस्पताल विकास समितिको सदस्यहरूमा जनक मल्ल, किशोरी धामी र छत्र जोशी रहेका छन्।

डडेल्धुरा अस्पताल डडेल्धुराको विकासका लागि कटिवद्ध भएर लाग्ने ओझाको भनाइ छ। सम्पूर्ण पक्षसँग समन्वय तथा छलफल गरेर अस्पताल विकासमा लाग्ने उनले प्रतिबद्धता जनाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सावधानी अपनाउँदै अस्पतालका ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

सावधानी अपनाउँदै अस्पतालका ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउँदै अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबार मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा सबै अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्नको लागि आग्रह गरेका हुन्। ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले नै आकस्मिक बाहेकका सेवा बन्द गरेर कोरोना उपचारमा केन्द्रित हुन आग्रह गरेको थियो । तर डेढ महिनाभन्दा बढी समय भइसकेकाले र अन्य रोगका बिरामीले स्वास्थ्य सेवा नपाएको कुरा आएकाले अब भने सावधानी अपनाउँदै ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरिएको हो ।

डा देवकोटाले सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपीडी सेवा सूचारु गर्न आग्रह गरे । कोरोना महामारीका कारण देशमा लकडाउन भएदेखि नै सबै अस्पतालमा नियमित ओपीडी सेवा अवरुद्ध भएका छन्।

ताजा अपडेट