नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना संक्रमण भएर विभिन्न अस्पतालका आइसोलेसन सेन्टरमा रहनेको संख्या ९ हजार १ सय १८ रहेको छ । हालसम्म ३४ जनाकाे काेराेनाबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तीन जिल्लामा गरी थप १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ ।

सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज संक्रमण पुष्टि हुनेहरुमा लमजुङका ११ जना, कास्कीका १ जना र बाग्लुङका ५ जना रहेका छन्। निर्देशनालयका अनुसार संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन शुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन शुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आयोजना गरेको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका थिए । मन्त्री ढकालले सम्मेलन उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रका निती तथा कार्यक्रम तर्जुमाका लागि स्वास्थ्य अनुसन्धान अत्यन्त आवश्यक रहेको बताए ।

‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरूकाे सम्बाेधन’ भन्ने नारा दिइएको सम्मेलन दुई दिन अर्थात भोलिसम्म चल्नेछ । सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा अनुसन्धान प्रस्तुत गर्ने परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले जानकारी दिए । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसका साथै १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने छ।

प्रत्येक वर्ष आफनो वार्षिकोत्सवमा सम्मेलन गर्दै आएको परिषदले यसपटक कोरोना महामारीका कारण सम्मेलन भर्चुअल रुपमा गरेको हो । सम्मेलनमा उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्वारा सम्मानित समेत गरिने छ। सम्मेलन भोलिसम्म चल्नेछ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना कहर : भारत अतिप्रभावित मुलुकको सूचीमा तेस्रो नम्बरमा

कोरोना कहर : भारत अतिप्रभावित मुलुकको सूचीमा तेस्रो नम्बरमा

 हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । अब भारत विश्वकै तेस्रो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको छ।

भारतमा दुई सातादेखि लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि भइरहेका छन्। अहिलेसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा २९ लाख ८१ हजार ८२४ संक्रमित पुष्टि भएको छ । यसैगरी ब्राजिल संक्रमित धेरै हुने दोस्रो देश हो । त्यहाँ १६ लाख ४ हजार ५८५ जना संक्रमित रहेका छन्। तेस्रो नम्बरमा रुस रहे पनि रुसलाई भारतलाई उछिन्दै तेस्रो नम्बरमा परेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १९ हजार ७ सय जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । त्यहा सबैभन्दा धेरै संक्रमितको संख्या फेला परेको छ । महाराष्ट्रमा मात्रै कुल संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ। गत २४ घण्टामा महाराष्ट्रमा ६ हजा ५५५ नयाँ संक्रमित थपिएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन भोलिदेखि शुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन भोलिदेखि शुरु

हेल्थ टिभी अनलाइन \ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन भोलिदेखि शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको सम्मेलनको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने छन्।

‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्बोधन’ भन्ने नाराका साथ शुरु हुन लागेको सम्मेलन यसपटक कोभिड १९ मा बढी केन्द्रित भएको परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले बताए । उनले भने, ‘यसपटक कोरोना महामारीका कारण हामीले वेभिनार मार्फत सम्मेलन गर्ने भएका छौं । यसमा विभिन्न देशका अनुसन्धानकर्ताहरुले भर्चुअल रुपमै प्रस्तुती दिनुहुनेछ ।’

सम्मेलनमा  जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य , बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका २ सय ५२ वटा अनुसन्धानसम्बन्धी एब्स्ट्याक्ट परेका थिए।  ती मध्ये ८६ वटा मात्र छनौटमा पर्न सफल भएको परिषदले जनाएको छ ।

सम्मेलनमा ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसैगरी सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरण समेत हुने जानकारी दिइएको छ । यस सम्मेलनमा अमेरिका, बेलायत स्विजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम लगायतका देशका वैज्ञानिकहरु समेत सहभागी हुनेछन्।

परिषदले प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट एक एक जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेबी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिनेछ । यसका सथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२० , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरुष्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिने छ । यसका साथै वर्षभरी परिषदमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्ड पनि प्रदान गरिनेछ ।

परिषद्ले प्रत्येक वर्ष आफ्नो स्थापनाको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ । यसपटक भने कोरोना महमारीका कारण ढिला गरी भर्चुअल रुपमा गर्न लागेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंकै २१ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोराना पुष्टि भएको र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना गरी आज थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाका संक्रमितहरु कुन स्थानका हुन भन्ने ठेगाना भने सार्वजनिक गरेको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्ला गरी थप २९३ जना संक्रमित थपिएका हुन्।

योसँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६ हजार ५४७ पुगेको छ भने ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाग्लुङ र तनहुँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

बाग्लुङ र तनहुँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आव तनहुँ र बाग्लुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।

निर्देशनालयका अनुसार आज प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु तनहुँ ब्यासका एक जना यसैगरी शुक्लागण्डकीका १ जना र बाग्लुङ काठेखोलाका एक जना रहेका छन्।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजान लागिएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कर्णाली प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२ सय एक पुगेको हो ।

शनिबार कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय८९ पुगेको छ । कर्णालीमा कोभिड- १९ संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल सम्म त्यहाँ २८२ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप २३२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३४ पुग्यो

थप २३२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ३४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ रहेको छ भने ९ हजार ४२ जना संक्रमित देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन्। कोरोना संक्रमणबाट आज मात्रै दुई जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

गोरखाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, संक्रमण समूदायमा फैलिएको विज्ञको आशंका

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, संक्रमण समूदायमा फैलिएको विज्ञको आशंका

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको ढलमा पनि कोरोना (कोभिड १९) भाइरस फेला परेको एक प्रारम्भिक अध्ययनले देखाएको छ ।

उपत्यकाको ४ स्थानको ढलमा गरिएको परीक्षणमा दुई स्थानमा कोरोना भाइरस फेला परेको हो । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको एक प्रारम्भिक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।

उपत्यकाको एक सय घरको शौचालयबाट जाने ढलको अध्ययन गरिएको थियो । १४ दिनसम्म गरिएको जेनेटिक परीक्षणमा दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले जानकारी दिएका छन्।

ढलमा कोरोना भाइरस भेटिनु भनेको उपत्यकामा ठुलो संख्यामा मानिसमा कोरोना भाइरसको संक्रमण रहेको हुनसक्ने र सो दिसामार्फत कोरोना फेला परेको हुनसक्ने डा सुन्दरमणी दिक्षितले बताए । उनले यसबारे थप अनुसन्धान भइहरेकाले अन्य डिटेल जानकारी छिटै आउने समेत बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी महिलाको मृत्यु

कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  कैलालीमा क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका-१० मा भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाईएकी ४८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

उनी जेठ २६ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन्। मृतक महिला उच्च रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बताइएको छ ।

मृतक महिलामा कोरोना हुनसक्ने भन्दै स्वाब संकलन गरी परीक्षण गरिने गोदावरी नगरपालिकाले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्राकृतिक चिकित्सा : रोगमुक्त जीवनको सूत्र

प्राकृतिक चिकित्सा : रोगमुक्त जीवनको सूत्र

डा मनोज ढकाल 

आज असार २० अर्थात राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस । नेपालमा आजको दिनमा प्राकृतिक चिकित्साको अवस्था र चुनौती के छन् भन्ने विषयमा आउनुस् चर्चा गरौं । तितो सत्य बोल्नु पर्दा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले राष्ट्रिय चिकित्सा घोषणा गरेपनि यो प्राकृतिक चिकित्सक र आम नेपालीको दुर्भाग्य भन्नुपर्छ यो चिकित्साबारे र यसका अनेक फाइदाकाबारे थोरैलाई मात्र जानकारी छ ।

यस्तो हुनुमा प्राकृतिक चिकित्साप्रति सरकारले गरेको बेवास्ता नै हो।  प्राकृतिक चिकित्सा दिवस केवल नारामा मात्रै सिमित रहन पुग्यो। राष्ट्रिय चिकित्साको नै  पनि सरकारी दरबन्दी नहुनेले नै देखाउँछ यो कति बेवास्ता गरिएको चिकित्सा पद्धति हो भनेर । प्राईभेट र सामुदायिक स्तरमा यो चिकित्साले निकै राम्रो प्रगति गरेपनी सरकारको तर्फबाट अझै नै हेला गरिएको चिकित्सा हो यो भन्न सकिन्छ । अहिले पनि सामुदायिक स्तरमा नवलपरासीको रजहर सामुदायिक प्राकृतिक चिकित्सालय त्यसैगरी बागेश्वरी प्राकृतिक चिकित्सालय र प्राईभेटले कयौ बिरामी उपचार गरिरहे पनि सरकारले भने यो चिकित्सा बिधाको लागि केही काम गरेको देखिन्न ।

तर अहिले प्राकृतिक चिकित्साको उपचारको फाइदाको कारण आम मानिसले आफै बुझेर अहिले आम मानिसको रोजाईको बिषय पनि भएको छ। सायद यो हुन मा यो पद्धतिको कुनै साइड इफेक्ट नभएकाले र सफलता पूर्वक उपचार हुने भएकाले पनि होला । यसको लोकप्रियता ढिलो भएपनी आम मानिसमा बढ्दै गएको पाइन्छ ।  कुनै औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधी हो, प्राकृतिक चिकित्सा । यो नै प्रभावकारी र हानिरहित विधी पनि हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रुपमै बलियो, निरोगी, तन्दुरस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम हो । अतः यसको एउटै सूत्र भनेको प्राकृतिक चिकित्सा नै हो ।

प्राकृतिक चिकित्सा के हो ?

प्राकृतिक चिकित्सा एक रचनात्मक उपचार गर्ने विधि हो जसको उद्देश्य प्रकृतिमा स्वतन्त्र रुपमा उपलब्ध तत्वहरूको प्रयोगको माध्यमबाट रोगहरूको आधारभूत कारण हटाउनु हो। प्राकृतिक चिकित्सा मुख्यत शरीर भित्र रहेको महत्त्वपूर्ण उपचारत्मक शक्तिको अस्तित्वलाई मान्यता दिन्छ। रोग प्रतिरोधात्मक शक्तिलाई बढवा दिन काम गर्छ । प्राकृतिक चिकित्सक यस्मा बिश्वास गर्छन कि शरीर आफैं स्वयम्ले नै रोग निको गर्छ। तसर्थ प्राकृतिक चिकित्सा शरीर भित्र रहेका डिफेन्स प्रक्रिया जस्तै ईम्म्युन प्रणाली , प्रोबावोटिक्स, अन्जियोजेनेसिस , स्टेम सेलजस्ता प्रतिरक्षी प्रणाली संतुलनमा राख्नेमा जोड दिन्छन ।  यसरी नै एउटा स्वस्थ शरीरको रचना हुन्छ । यो मात्र एक रोगसँग लड्ने सुरक्षाकवच हो। मानव शरीर तब सम्म स्वस्थ रहन्छ जब सम्म यि प्रतिरक्षा प्रणालीहरु सन्तुलित रहन्छन्। । यिनिहरुको गडबडीसँगै मानिस विभिन्न रोगको शिकार हुन पुग्छन । प्राकृतिक चिकित्सा एक विज्ञानमा आधारित परम्परा हो जसले प्रत्येक बिरामीको अनौठो पक्ष पहिचान गरेर स्वस्थतालाई बढावा दिन्छ र त्यसपछि उसको शारीरिक, मनोवैज्ञानिक, अध्यात्मिक र संरचनात्मक सन्तुलन पुनर्स्थापना गर्न गैर विषाक्त प्राकृतिक उपचारहरू प्रयोग गर्दछ। प्राकृतिक चिकित्सकहरूले तनाव घटाउने र आहार र जीवनशैलीमा परिवर्तन ल्याएर विरामी हुनबाट रोक्ने लक्ष्य राखेका छन् ।

यसमा योग र व्यायाम थेरापी, एक्यूपंक्चर, हर्बल मेडिसिन, हाइड्रोथेरापी, डाईट र उपवास, माटो थेरापी, रङ्ग र चुम्बकीय थेरापी , मसाज थेरापी र आधुनिक विधिहरूको प्रयोग जस्ता जैव अनुनाद, ओजोन थेरापी र कोलोन जस्ता स्वीकृत प्राकृतिक उपचार अभ्यासहरू सामेल छन्। योसँग ठूलो स्वास्थ्य प्रवर्धन, रोग निवारक र उपचारात्मकका साथै पुनर्स्थापनात्मक क्षमता छ।

प्राकृतिक चिकित्सा मुख्यत रोग लाग्नु मा यी तीन कारण मान्दछ :
१ – शरीरमा बिषादी पदार्थहरु जम्मा हुनु ( गलत आहार)
२-  रगत र लिम्फको असामान्य संरचना
३ – जीवन शक्ति कम हुनु ( तनाब र चिन्ता)

वास्तवमा जे जति रोग छन् ति सबैको कारण र उपचार करिब एउटै हो । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितीलाई हामी रोग भन्छौं । अतः ति विकार निर्मूल गर्नु नै उपचार पद्दती हो ।  उपचारको विद्यमान विधी अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचिन, विश्वसनिय र प्रभावकारी उपचार पद्धती हो, प्राकृतिक चिकित्सा ।

प्राकृतिक चिकित्साले कुनै एक विषेश रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्छ । रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ । शरीरमा कुनैपनि रोगको संभावनालाई न्युनिकरण गर्छ । प्रकृतिको उपचारमा दबिएर बसेका रोगहरूलाई माथि ल्याइन्छ र स्थायी रूपले हटाइन्छ । यसले दीर्घरोगबाट पनि मुक्त दिलाउँछ । यसको खास विशेषता भनेको के भने कुनै शारीरिक समस्या वा रोग मात्र होइन मानसिक र सामाजिक उपचार पनि गर्छ ।

डा ढकाल योग तथा प्राकृतिक चिकित्सक एवं नेपाल योग तथा प्राकृतिक संघका कोषाध्यक्ष हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

गोरखाका ४४ वर्षीय पुरुषले गुमाए ज्यान

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गोरखा पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गोरखा अस्पतालले कोरोना संक्रमण पुष्टि भएका उनको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको विज्ञप्ति निकाल्दै जानकारी दिएको छ ।

अस्पतालले उनी शुक्रबार राती आइसोलेसनमा भर्ना भएको र शनिबार बिहान ५: ०५ बजे उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाका अनुसार मृत्यु भएका संक्रमित व्यक्ति मधुमेहका दीर्घरोगी समेत रहेका थिए ।

शुक्रबार मात्रै काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बालबालिकाका लागि भिटामिन ‘ए’ कार्यक्रम र यसको महत्व

बालबालिकाका लागि भिटामिन ‘ए’ कार्यक्रम र यसको महत्व

हेल्थ टिभी अनलाइन : भिटामिन ‘ए’ हाम्रो शरीरलाई अत्यावश्यक सूक्ष्म पोषक तत्व हो जुन शरीर आफैले बनाउन सक्दैन्। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने भिटामिन ए प्रशस्त मात्रामा हुन्छ । त्यसैले बच्चालाई पूर्ण रुपमा स्तनपान गराएका शिशुहरुमा छ महिनासम्म आमाका दुधले नै भिटामिन ए को स्रोतको काम गर्छ भने छ महिना पछि भने खानाबाट वा बाहिरी स्रोतबाट भिटामिन ए दिनुपर्छ ।

शरीरमा भिटामिन ‘ए’ को काम शरीरले भिटामिन ए लाई कलेजोमा संचित गरेर राखेर आवश्यक अन्य स्थानहरुमा पुर्याउँछ । भिटामिन ए ले शरीरको छाला र शरीरका विभिन्न अंगको झिल्लीलाई चुस्त दुरुस्त राख्न मद्दत गर्छ । जसमा श्वासप्रश्वास, आन्द्रा आँखा, कान, पिसाब थैली लगायतका झिल्ली पर्दछन्। साथै कम प्रकाशमा आँखाले देख्नको लागि पनि भिटामिन ए अत्यावश्यक हुन्छ । यसका अतिरिक्त शरीरको वृद्धि विकास. प्रजनन शक्ति र रोग प्रतिरोधात्मक शक्तिको विकासका लागि पनि भिटामिन ए जरुरी हुन्छ ।

भिटामिन ए कुन कुन खानेकुरामा पाइन्छ भन्ने जान्न जरुरी छ । भिटामिन ए प्रसस्त मात्रामा पाइने खानेकुराहरु यसप्रकार रहेका छन् : हरियो सागसब्जी, गाजर, फर्सी, मेवा आँप, कलेजो, अण्डा, दुध आदी। यी खानेकुराहरु धेरैको घरमै उपलब्ध हुने हुनाले आमाबाबुले आफना बालबालिकालाई यी खानेकरा नियमित दिन सकिन्छ । हाम्रा वरिपरि भएका खानेकुरामा नै भिटामिन प्रसस्त मात्रामा पाइने भए पनि कहिलेकाहीं खानेकुराको अभाव, चेतनाको अभाव वा खाने तरिका नमिल्दा पनि बालबालिकामा भिटामिन ए को कमी हुनसक्छ । त्यसैले यस्तो अवस्थाका लागि भिटामिन ए क्याप्सुलका रुपमा दिने गरिन्छ ।

भिटामिन ‘ए’ को कमीले हुने रोगहरु:

शरीरमा भिटामिन ‘ए’ को कमी भएमा विभिन्न समस्याहरु देखा पर्छन्। जस्तै आँखाको नानीको सुख्खापन, रतन्धो, छालाको सुख्खापन र अन्य समस्या, हड्डीको विकासमा कमी, रोगसँग लड्ने क्षमतामा कमी, बारम्बार र कडा किसिमको निमोनिया हुनु एवं झाडापखाला लागिरहनु आदी ।

भिटामिन ‘ए’ को कमी ५ वर्ष मुनिका बालबालिकाहरुमा किन बढी हुन्छ ?

हुन त भिटामिन एको कमी कुनै पनि उमेर समूहका मानिसलाई हुनसक्छ तर विभिन्न अध्ययनले विकासेन्मुख देशमा ३० देखि ५० प्रतिशत सम्म ५ वर्ष मूनिका बालबालिकामा भिटामिन ए को कमी भएको पाइएको छ । आमाको दुध मात्रै खाने बच्चाको अन्य खानेकुराको शुरुवात हुनु, यस उमेरमा छिटो छिटो शारीरिक विकास हुनु र बारम्बार श्वासप्रश्वास र आन्द्राको संक्रमण हुने कारणले ५ वर्ष मुनिका बालबिालकामा भिटामिन ए को कमी र यसले गर्दा हुने मृत्युदर बढी हुने गरेको पाइएको छ ।

कोभिड-१९ र भिटामिन ‘ए’

कोभिड -१८ को महामारीको समयमा देशका विभिन्न स्थानमा केही सामय खोप सेवा प्रभावित बन्न पुगेका थियो । सोही कारणले गत वैशाख ६ र ७ गते तय भएको भिटामिन ए खुवाउने कार्यक्रम पनि स्थगित गरिएको थियो । यसैविच देशका विभिन्न स्थानमा दादुरा जस्ता रोगको प्रकोप बढेको पाइएको छ । भिटामिन ए आफैले कोभिड १९ विरुद्ध प्रभावकारी भएको हालसम्म प्रमाणित नभए पनि कोभिड १९ ले कुपोषण एवं रोगसँग लड्ने क्षमता कम भएकालाई बढी हानी गर्ने हुनाले कोभिड १९ को समयमा भिटामिन ए को महत्व अझ बढी हुन्छ । तसर्थ यही असार २२ र २३ गते देशभरका ५ देखि ५९ महिनाका बालिबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको राष्ट्रिय कार्यक्रममा सहभागी भएर आफना बालबालिकालाई भिटामिन ए र जुकाको औाषधि खुवाऔं ।

  • डा. ओमकृष्ण पाठक

    डा.पाठक भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ एवं नवजात शिशु तथा अति सघन उपचारकक्ष विशेषज्ञ  हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

कोरोना पुष्टि भएपछि बझाङमा एक युवकले गरे आत्महत्या

कोरोना पुष्टि भएपछि बझाङमा एक युवकले गरे आत्महत्या

शेर भण्डारी \डडेल्धुरा :  बझाङमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिक ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्।

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यहाँ रहेका २५ जना मध्ये कोरोना परीक्षण गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा  उनको मात्र पोजेटिभ देखिएको थियो।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्यान्सर, मधुमेह र आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गरिने

क्यान्सर, मधुमेह र आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले क्यान्सर, मधुमेह तथा आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा क्यान्सर, मधुमेह तथा आइसीयूमा रहेका बिरामीको पनि कोरोना परीक्षण गरिने जानकारी दिए । उनले भने, ‘आजबाट परीक्षणको दायरा फराकिलो बनाउँदै क्यान्सर, मधुमेह भएका बिरामीको पनि कोरोना परीक्षण गरिनेछ ।’ यसैगरी इमरजेन्सीमा आउने बिरामी र आइसीयूमा भर्ना भएका बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने उनले जानकारी दिए ।

यसका साथै कोरोना प्रभावित पकेट एरियाबाट आउने व्यक्तिहरुको पनि कोरोना परीक्षण गरिने मन्त्रालयले जनाएको छ । यसअघि सरकारले सिमित व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्दै आएको थियो । उता क्लिनिकल समन्वय समितिको छलफलले सरकारी सामूदायिक तथा निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौं नयाँ बानेश्वरका एक पुरुषको कोरोनाबाट मृत्यु

आज एकैदिन थपिए ७४० संक्रमित

काठमाडौं नयाँ बानेश्वरका एक पुरुषको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको कोरोनाबाट मृत्यु भएको जनाएका हुन्। डा गौतमका अनुसार काठमाडौंको बानेश्वर निवासी ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी  रहेको र छाती दुखेपछि राजधानीकै एक निजी अस्पताल भर्ना भएको  बताइएकाे छ । उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनमा आज कोरोना पुष्टि भएको डा गाैतमले बताए ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शुक्रबार मात्रै नेपालमा ७४० जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा बढ्दो कोरोना कहर: एकैदिन थपिए झण्डै २१ हजार संक्रमित

भारतमा बढ्दो कोरोना कहर: एकैदिन थपिए झण्डै २१ हजार संक्रमित

हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन झण्डै २१ हजार कोरोना संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा २० हजार ९०३ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ एकैदिन देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । त्यसो त भारतमा विगत १० दिनदेखि लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि हुँदै आएका छन्।

हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ६ लाख २५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार २१३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतीय केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ९२ लाख ९७ हजार ७४९ जनाको कोरोना आशंकामा परीक्षण गरिएको छ । भारतमा बिहिबार मात्रै २ लाख ४१ हजार ५७६ जनाको परीक्षण गरिएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा

डडेल्धुरामा चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन सञ्चालनमा

शेर भण्डारी \डडेल्धुरा : नागरिकस्तरबाट चन्दा संकलन र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सहयोगमा खरिद गरिएको पीसीआर मेसिन बिहीबारबाट सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिसकिएपछि संञ्चालनमा आएको हो ।

धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुनः परीक्षण गरिएपछि बिहीबारबाट संचालनमा आएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा पीसीआर मेसिन संचालनका लागि ल्याव अफिसर ५ जना, ल्याव असिस्टेन्ट २ जना सहयोगी २ जना, आएको नमुना इन्ट्रि गर्न २ जना, रिपोर्ट इन्ट्रि गर्न १ जना, कम्प्युटर अपरेटरसहित १२ जना खटिएका छन्।

डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौबाट आएका ईञ्जिनियर सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर परीक्षण गरेको उनले बताए ।

यसले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्ने भएको छ । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट बञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्य डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो ।

यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए । करीव ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ । मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ ।

ताजा अपडेट