Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार आज थप ३ जिल्लामा ६ जना संक्रमित थपिएका हुन्। शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा तनहुँका १ जना,म्याग्दीका २ जना र कास्कीका ३ जना रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ८५ पुगेको छ । यसैगरी कोरोना जितेर डिस्चार्ज हुनेको संख्या नै १२ सय ४३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पर्सा : वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बिहीबार दुई जना र शुक्रबार एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको जनाए । यसरी मृत्यु हुनेहरुमा एक जना संक्रमितको उपचारकै क्रममा कोभिड अस्पतालमै मृत्यु भएको र एक जनको भने घरमै मृत्यु भएको र पछि कोरोना पुष्टि भएको हो ।

यसैगरी अर्को व्यक्ति वीरगञ्जकै व्यापारी रहेको र उनलाई केही दिन अघि कोरोना पुष्टि भएपछि अस्पतालमा रहेका बेला हिजो राति १२ बजे मृत्यु भएको बताइएको छ । यसरी दुई दिनमै वीरगञ्जमा तीन जना संक्रमितको मृत्यु पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको काठमाडौंका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो । आजै मात्र नेपालभर २७४ जना नयाँ संक्रमित थपिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २७४ जनामा संक्रमण देखिएको हो । आज थपिएका नयाँ संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

हाल नेपालमा ५ हजार २ सय २७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी आज मात्रै २२७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । काेराेनाबाट ५२ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बाँकेमा आइतबारदेखि पुन: लकडाउन

बाँकेमा आइतबारदेखि पुन: लकडाउन

हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा स्थानीय प्रशासनले फेरि लकडाउन गर्ने भएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको आकस्मिक बैठकले आगामी आइतवारदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको हो ।

बाँकेमा कोरोना संक्रमणको जोखिम  बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिएका छन्। बाँकेमा लकडाउन खाेलेपछिको भिडभाडका कारण एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासनले पुन: लकडाउन गर्ने निर्णय गरेको हो ।

बढी भिडभाड हुने राजश्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल र उनको  कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्ति गरेर एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासनले समुदायस्तरमै कोरोना फैलिएको निष्कर्षसहित फेरि लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा जुट्न बाध्य भएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बिहिबार बाँकेमा २० र बर्दियामा ८ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँके र बर्दियामा गत ७२ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कुल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बाँके र बर्दियाका मात्रै २८ जना रहेका छन्।

अस्पतालले विज्ञप्ति जारी गर्दै आज बाँकेमा २०, बर्दियामा ८, सुर्खेतका २ जना, दाङका २ जना,प्युठानका १ जना र अर्घाखाँचीका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यसैगरी कञ्चनपुर र सर्लाहीका पनि १\ १ जनामा संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै बिहिबार ६ जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ७९ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, कास्कीका १४ जना, लमजुङका ३ जना, तनहुँका ३ जना, र नवलपरासीका १ जना रहेका छन्। संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दुले बताए ।

गण्डकी प्रदेशमा हालसम्म १२ सय ३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गंगालाल अस्पतालका दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रायलले जनाएको थियो । सो मध्ये गंगालाल अस्पतालमा उपचाररत काठमाडौंका एकजना रहेकाे पाइएकाे छ । अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालमा आएका दुई जना बिरामीका कोरोना देखिएको पुष्टि गर्दै एक जना काठमाडौंका र अर्का एक जना जनकपुरबाट आएको जानकारी दिए । यसका साथै डा अधिकारीले भने , ‘पूरा सतर्कताका साथ बिरामीको उपचार गरिएकाले अस्पतालको सेवामा भने कुनै असर पर्दैन्। ढुक्क भएर सेवा लिन आउन सकिन्छ ।’

काठमाडाैंका संक्रमित गंगालाल अस्पतालको गेट अगाडी नै रेस्टुरेन्ट चलाउने व्यक्ति रहेको खुलेकाे छ । जहाँ अस्पतालकै डाक्टर, कर्मचारीको चिया नास्ता खान बढी भिडभाड हुने गर्छ।

दुई जनालाई कोरोना संक्रमण देखिएपछि अस्पतालले उनीहरुको सम्पर्कका आएकाहरुको कन्ट्याक्ट ट्र्सिङ गर्ने काम  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुरु गरिसकेको जनाएकाे छ । गंगालाल अस्पतालमा यसअघि पनि बिरामीमा काेराेना संक्रमण देखिएकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

साउन १५ मा किन खाने खीर ? यस्ता छन् फाइदा

साउन १५ लाई नेपालमा खीर खाने दिनका रुपमा लिइन्छ । त्यसो त नेपालमा सबैजसो चाडपर्वहरु कुनै न कुनै खानेकुरा सँग जोडिएका हुन्छन्। यी सबै संस्कृति हाम्रा पुर्खाले निकै वैज्ञानिक ढंगले चलाएको पाइन्छ । माघ १ मा चिसोबाट बच्न घ्यु चाकु खाने, असार १५ मा दही चिउरा खाने, जनै पुर्णिमामा क्वाँटी खाने यी सबैका आ आफना महत्व छन्।  साउन १५ मा खीर खाने चलन पनि परापूर्व कालदेखि नै चल्दै आएको पाइन्छ । खीर दूधमा चामल हालेर तयार गरिने विशेष खाद्य परिकार हो।

दूध मानव शरीरका लागि सर्वोत्तम भोजन पनि हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत पनि हो । यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्वहरु पाइन्छन्। यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन्। त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ । खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ।

नेपालमा साउन १५ मै खीर खाने चलन भए पनि अन्य देशहरुमा पनि खीर खाने गरेको पाइन्छ तर यसलाई संस्कृतिकै रुपमा यसको सेवन गर्ने चलन भने छैन। नेपाली समाजमा हाम्रा जन्मदेखि मृत्युसम्मका संस्कारमा खीर अनिवार्य जस्तै मानिन्छ। खीर देवतादेखि पितृसम्मलाई मन पर्ने खाद्यपदार्थ भएको विश्वास गरिन्छ। मानव शरीरका लागि पनि यो असाध्यै पौष्टिक परिकार हाे । साउन १५ मा खीर खाने चलन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ भने खीर स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ।

पहिले पहिले घरमा धेरै गाइबस्तु हुन्थे र वर्षातको समयमा विशेष गरी साउन भदौतिर जताततै हरियो घाँस हुने हुँदा गाइवस्तुले पनि धेरै दूध दिन्थे। त्यसैले दूध धेरै भएपछि यसलाई विशेष परिकार बनाएर खाने चलन चलेको जस्तो लाग्छ । अहिले पनि यो बेला दूध धेरै दिन्छन् गाइबस्तुले । यसरी ठूलो भाँडामा धेरै दूध राखेर धेरैबेर पकाएर थोरै चामल हाली खीर बनाएर खाने चलन शुरु भएको हो। पछि त्यो चलन संस्कृति नै बन्यो ।

पछिल्लो समय खीरमा नरिवल, काजु, बदाम, सुकमेल जस्ता ड्राइफुट पनि हाल्ने चलन छ यस्ता मसलाले यसको महत्त्व र पौष्टिकता  अझ बढछ। वर्षातको बेला शरीरलाई चिसोबाट जोगाउन यस्ता मसलाले मद्दत गर्छ। शरीरलाई न्यानो राख्ने गर्छ।

तर मधुमेह वा कतिपय ग्याष्ट्रिक भएका बिरामीलाई खीरले राम्रो नगर्न सक्छ । यसमा हालिएकाे धेरै चिनीले मधुमेहका बिरामीलाइ असर गर्न सक्छ । यी कुरामा भने ख्याल गर्न जरूरी छ । साथै यसरी बनाइको खीर घरका सबै परिवारका सदस्यसँगै बसेर खाँदा पारिवारिक सम्बन्ध पनि प्रगाढ हुने विश्वास गरिन्छ।

थप समाचार

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

बुधबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले  कोभिड अस्पताल र नेशनल अस्पतालमा उपचाररत दुई जनाको कोरोनाबाट मृत्यु भएको बताएका छन्। उनले भने, उहाँहरु फरक फरक लक्षण लिएर उपचारका लागि अस्पताल आउनुभएको र मृत्युपछि कोरोना पुष्टि भएको हो ।

उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। दुबै जना दीर्घरोगी भएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज पनि काठमाडौं उपत्यकामा थपिए १५ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार पनि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, शुक्रराज सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये १४ जना काठमाडौंका र एक जना भक्तपुरका रहेका छन्।

पछिल्लो समय काठमाडौंमा दिनहुँ जसो संक्रमित फेला परिरहेका छन्। योसँगै बुधबार देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा थप २१० मा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइमा रहनेको संख्या १४ हजार ४ सय ७१ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ४९ जनाको कोरोनाबाट मृतयु भएको छ । आज मात्रै १४६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार २१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा बुधबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ५ जनामा कोरोना देखिएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ।

आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष, तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष र म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुष रहेका छन्। निर्देशनालयका अनुसार संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण गर्दा १९ हजारमा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नेपालमा हालसम्म कोरोनाको आंशकामा ३ लाख बढीको पीसीआर परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारसम्म नेपालमा कोरोनाको आंशकामा देशभरमा २८ वटा प्रयोगशालाबाट ३ लाख ५२ हजार ३०७ जनाको पीसीआर परीक्षण गरिएको जनाएका छन्। उनका अनुसार कोरोनाको आशंकामा क्वारेन्टाइनमा बसेकाबाहेक पनि परीक्षण गर्दा हालसम्म यसको संख्या साढे तीन लाख बढी भएको हो । हालसम्म नेपालमा यति परीक्षण हुँदा १९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा माघकाे पहिलाे साता पहिलोपटक चीनबाट आएका एक युवकमा कोरोना देखिएपछि सो एकिन गर्नका लागि उनको स्वाब हङकङ पठाइएको थियो ।

तर हाल देशभरमा २८ स्थानबाट नियमित कोरोना परीक्षण भइरहेको डा गौतममले जानकारी दिए । यसैगरी नेपालमा दैनिक रुपमा सरदर ३ हजारदेखि ५ हजारको विचमा पीसीआर परीक्षण हँदै आएको पनि उनले जानकारी दिए । मन्त्रालयका अनुसार अहिले १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ रहेको छ । मंगलबार मात्रै ५ हजार ३२ जनाकाे परीक्षण गरिएकाे थियाे ।

यसैगरी अहिले रौतहट र कैलालीमा मा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। उता ५ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रसुवामा अहिले एक जना पनि संक्रमित छैनन्। हालसम्म नेपालमा ४९ जनाले काेराेनाबाट ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्याङ्जाका २५ जना सहित गण्डकी प्रदेशमा थप ३१ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै  ३१ जना नयाँ संक्रमण देखिएको जनाएको हो ।

यसरी संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जामा मात्रै २५ जना संक्रमित फेला परेका छन्।

स्याङ्जासँगै बागलुङका ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय १३ जनाकाे स्वाब संकलन

हेल्थ टिभी अनलाइन\ काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं  भित्रिने तीन नाकाबाट ४८ सय बढीकाे स्वाब संकलन गरेको बताएको छ ।

मन्त्रालयले काठमाडौंमा  संक्रमितको संख्या बढ्दै गएपछि  समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ कि छैन् भन्ने पत्ता लगाउन काठमाडौं छिर्ने मुख्य तीन नाकामा स्वाब संकलन गर्न शुरू गरेकाे जनाएकाे हाे ।

मंगलबार दिउँसोसम्म ४ हजार ८ सय १३ जनाको नुमना संकलन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार फर्पिङ नाकाबाट ९ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा नाकाबाट ९ सय ४४ जनाको  कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन भएको छ। यसको रिपोर्ट आउन बाँकी रहेको पनि उनले जानकारी दिए ।

यसैगरी मंगलबार मात्र नेपालमा ३११ जनामा  काेराेना देखिएको छ। याेसँगै नेपालमा  संक्रमितकाे संख्या १९ हजार ६३ पुगेकाे छ भने काेराेनाबाट हालसम्म ४९ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुदूरपश्चिममा मंगलवार थप ८० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा थप ८० जनामा कोरोना पुष्टि भएको छ। मंगलबार सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यता धनगढी प्रयोगशालामा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका–७का ३ पुरुष र १ महिला गरी ४ जनामा कोरोना पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २ बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ३ सय २७ पुगेको छ।

संक्रमण पुष्टि भएका २ हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने ९ जनाको मृत्यु भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै, आजै थपिए ५३ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजै मात्रै ५३ जना नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुकुलो भएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।

उता त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ भने नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २१ जना र पाटनमा १ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सानेपास्थित स्टार अस्पतालमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यकामा सहित नेपालभरी ३११ जना नयाँ संक्रमित थपिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्याे

 हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थपिएको संख्यासँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको हो ।

आज मात्रै १२१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बझाङमा ६५ वर्षका वृद्धकाे काेराेनाबाट मृत्यु

शेर भण्डारी \डडेल्धुरा : नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

बझाङमा १ कोरोना संक्रमितको मृत्यु भएको हाे । मृत्यु हुनेमा बुङ्गल नगरपालिका ३ का ६५ वर्षका एक वृद्ध रहेका छन्। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४९ पुगेकाे छ ।

मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङले जनाएकाे छ ।

तर घरगएपछि उनमा साउन ९ गतेदेखि स्वास्थ्यमा समस्या आएकाे र एक्कासी  मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। काेराेना परीक्षणका लागि स्वाब संकलन  गर्दा उनमा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट