Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना पुष्टि

भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै एक जना स्थानीय जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पताल स्रोतका अनुसार नेपालगञ्ज वडा नम्बर एकका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार गरिएको परीक्षणमा नेपालगञ्जका २ र रुकुम पूर्वका का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा कोरोनाको आशंकामा १९५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

जुनसुकै तरिकाले खाए पनि स्वस्थकर हुन्छ टुसा उमारेको गेडागुडी

जुनसुकै तरिकाले खाए पनि स्वस्थकर हुन्छ टुसा उमारेको गेडागुडी

नेपालमा विशेषगरी जनैपूर्णिमामा क्वाँटी खाने चलन परापूर्व कालदेखि चलेको हो। जाडो आएपछि क्वाँटीको तातो रसले पौष्टिकता दिन्छ भन्ने हाम्रा पुर्खालाई पक्कै थाहा हुनुपर्छ। उनीहरू बुद्धिमान् अनि स्वास्थ्य र पोषणका बारेमा जानकार थिए। त्यसैले क्वाँटी खाने चलन चलाए।

जनैपूर्णिमाको दिन क्वाँटी खाने चलनले सांस्कृतिक महत्त्व पनि त्यत्तिकै राखेको छ। चेलीबेटी र छिमेकीहरूलाई क्वाँटीसहित अनेक परिकार बनाई ख्वाउने चलनले सामाजिक र पारिवारिक सद्भाव पनि झल्काउँछ। स्वास्थ्य राम्रो राख्न पोषणयुक्त भोजन खानुपर्छ भनेर सन्देश पनि दिन्छ।

सुदूर पश्चिमतिर गौराको पूजा गर्दा ‘बिडौरा’ खाने चलन छ। त्यो पनि भिजाएको गेडागुडी नै हो। अहिले बजारमा तरकारी र फलफूलको भाउ चर्को छ। खानेकुरा नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थले स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने हामी सबैलाई थाहा छ तर, तरकारी नखाई पनि भएन।

यदि ताजा तरकारी खानलायक भएन वा महंगो भन्ने लाग्यो भने प्रकृतिले हामीलाई सजिलैसँग पौष्टिकताले भरिपूर्ण भोजन दिएको छ, त्यो हो, गेडागुडी, जसलाई टुसा उमारेर खान सकिन्छ। यस्तो खाना पोषिलो, केही नमिसिएको र सस्तो हुन्छ।

साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हो। सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्छ। एक किलो चना उमार्यो भने २्३ किलो जति बन्छ। सस्तो त भइहाल्यो। टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगैंचा तयार गर्नुसरह हो। यसका लागि हामीलाई धेरै ठाउँ र पैसा नै चाहिँदैन। पैसा पनि लाग्दैन र बिजुली पनि खर्च पनि हुँदैन

टुसा उमार्नु पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्ने र अन्न तथा गेडागुडीमा रहेको खाद्यतत्त्वको पोषण वृद्धि गर्ने राम्रो उपाय हो। टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्त्वमा पनि धेरै तत्त्व थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा नै लिन सकिन्छ।

प्राकृतिक कारणले वा जीवनशैलीको कारणले बुढ्यौली हुने गतिलाई पनि टुसा उमारेको खानाको प्रयोगले केही कम गर्छ। यसले गर्दा स्वस्थ भएर लामो समयसम्म बाँच्न सकिन्छ। स्वस्थ रहेपछि त सुन्दर भइहालिन्छ।

टुसा नउमारेको गेडागुडी र अन्न ९जस्तै मुंग, चना, गहुँ० पचाउन गाह्रो हुन्छ टुसादार रूपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडी भन्दा पचाउन धेरै सजिलो हुन्छ। टुसा उमारेको खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट रोक्छ। चना, मुंग, गहुँ आदिमा रेशादार पदार्थ धेरै हुन्छ।हरियो तरकारी जत्तिकै फाइदाजनक तर हरियो तरकारी भन्दा धेरै सस्तो हुन्छ, टुसा उमारेको खाना। यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत पनि हो, टुसा उमारेको खाना।
रोगी, बालबालिका तथा वृद्ध बिरामी भएपछि धेरै खान सक्दैनन्। अनि कुपोषण हुन्छ। टुसाको सुप, तरकारीले कुपोषण हटाउन सकिन्छ।

टुसा उम्रिने क्रममा नै एउटा विशेष पाचन रस पनि पैदा हुन्छ जसले भोजनमा रहेको कार्बोहाइड्रेटलाई र प्रोटिनलाई सजिलै पच्ने गराउँछ। हाम्रो भोजन पचाउन शरीरलाई ‘इन्जाइम’को अत्यन्त आवश्यक हुन्छ। खाना पचेन भनेर कति जनाले त बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरका लागि काम लाग्दैन। टुसादार गेडागुडी प्रयोग गर्दा इन्जाइम पर्याप्त पाइन्छ।

सुक्खा दाल, गेडागुडी र बीउ जस्ता खाद्य पदार्थमा भिटामिनहरू पनि हुन्छन्। तर, टुसा उम्रिने प्रक्रिया पछि भिजाउने, उम्रिने, टुसा पलाउने, यी खाद्य पदार्थमा रहेको भिटामिनको मात्रा धेरै वृद्धि हुन्छ। यसमध्ये भिटामिन सी एउटा महत्त्वपूर्ण तत्त्व हो। टुसा उमारेपछि ६ गुणा बढी भिटामिन सी पाइन्छ। भिटामिन बी कम्प्लेक्स र अन्य भिटामिन पनि त्यसैगरी वृद्धि भइरहेको हुन्छ।

यसरी टुसादार गेडागुडीले शरीरका लागि सस्तो र अति आवश्यक महत्त्वपूर्ण भिटामिन प्रदान गर्छ। टुसा उमारिएको खाना खाएमा पोषक तत्त्व पूर्ति गर्न अतिरिक्त खानेकुरा आवश्यक पर्दैन। टुसायुक्त खाना खानेले भिटामिन, क्याल्सियम, लवणजस्ता तत्त्व प्राप्त गर्न बजारबाट किनेर ट्याब्लेट, क्याप्सुल, टनिक आदि खानु पर्दैन। म आफैँ पनि मासु खान्नँ तर टुसा उमारेको मेथी र चना दिनदिनै खान्छु।

हाम्रो शरीरमा भिटामिनको जति आवश्यकता छ, त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। शरीरका लागि आवश्यक खनिज पदार्थ क्याल्सियम, लौहतत्त्व, फोस्फोरस, सोडियम, पोटासियम र म्याग्नेसियम आदि हुन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण क्याल्सियम, लौहतत्त्व र फोस्फोरस हुन्। यी तत्त्वले हाम्रो हाड बलियो बनाउन र स्नायु प्रणाली सक्षम बनाउन सहयोग गर्छ।

जुनसुकै तरिकाले खाए पनि स्वस्थकर हुन्छ टुसा उमारेको गेडागुडी

टुसा उमारेको चना, मुंग आदि अनेक तरिकाले खान सकिन्छ। उसिनेको अण्डा काटेर टुसा उमारेको चना, सानो केराउमा अलिकति कागती र नुन राखेपछि सलाद बन्छ। माथिबाट हरियो धनियाँ हालेपछि त झन् मिठो। टुसा उमारेको चना, सानो केराउ आलुमा हालेर तरकारी बनाएर खान सकिन्छ। बासी भातमा मिसाएर भुटेर खान पनि सकिन्छ।

मेथीसा उमारेर दिन दिनै खाँदा मधुमेहको समस्या भएका व्यक्तिहरूलाई पनि फाइदा गर्छ। सुत्केरी महिलालाई टुसा उमारेको मेथीको खिरले धेरै फाइदा गर्छ। यसमा रहेको लौह तत्त्वले रगत बढाउँछ।

चीनमा हजारौँ वर्षदेखि मुंगको टुसा उमारेर खाने चलन छ। नेपाली संस्कृतिमा पनि कुनै विशेष दिनमा टुसा उमारेर खाने चलन पुर्खाले चलाए, तर यसलाई दैनिक जीवनको अंग नै बनाउन सकियो भने हाम्रो स्वास्थ राम्रो हुन्छ।

थप समाचार

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि भएको छ। आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि भएको हो।

४ वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका २, दार्चुला र बैतडीका १÷१ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा दार्चुृलाका १ जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका १ जनामा पनि कोरोना पुष्टि छ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २ सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका १ गरी २३ जनामा संक्रमण पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको बर्दगोरी गाउँपालिका–५ का ३ महिला र ५ पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, मोहन्याल गाउँपालिका–५का २ पुरुष, जोशीपुर गाउँपालिका–१का १ पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै धनगढी उप–महानगरपालिकाका २ पुरुष, घोडाघोडी नगरपालिका–१ र गोदावरी नगरपालिकाका १÷१ पुरुषमा पनि कोरोना पुष्टि भएको छ। बैतडीको पाटनका २६ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४० पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)  विधिबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत आरडीटी परीक्षण नगर्ने निर्णय भएकाले यसको प्रयोग रोक्न निर्देशन दिएका हुन्।

उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड- १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ, अबदेखि यसको प्रयोग नगर्नुहोला ।

आरडीटी परीक्षणमा शुरुदेखि नै विवाद आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमबाट बच्न वृद्धवृद्धा र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा ६० वर्ष माथिका वृद्धवृद्धा र १२ वर्ष मूनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन्।

लकडाउन खुलेसँगै पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले बढी जोखिममा पर्ने यो समूहलाई घर बाहिर ननिस्कन आग्रह गरे । कोरोनाको बढी जोखिममा वृद्धवृद्धा, दीर्घ रोगी र बालबालिका समेत पर्ने हुँदा यस्तो अनुरोध गरिएको डा गौतमले बताएका छन्।

आज मात्रै नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकमा कोरोना पुष्टि

भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ बाँके:  बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा ३९० जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसरी संक्रमण हुनेहरुमा जिल्ला अदालत बाँकेका ५ जना, मिलेटरी अस्पताल राँझाका चिकित्सकसहित ३, टिकापुरका १ चिकित्सकसहित २, खजुराका १ र दाङका १ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा आज पनि थपिए ३१ जना संक्रमित

काठमाडौं उपत्यकामा आज पनि थपिए ३१ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार पनि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित पुष्टि भएको बताएका हुन्।

उनीहरुको राजधानीका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुलेसँगै पछिल्लो समय दैनिक रुपमा काठमाडौंमा संक्रमित फेला पर्दै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा  सहित २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

गत २४ घण्टामा ८८६१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशका विभिन्न आइसोलेसन सेन्टरमा रहेका सक्रिय संक्रमितको संख्या ५६७२ रहेको छ । योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संखया १४ हजार ६०३ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ५७ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल क्यान्सर अस्पतालको ‘कोरोनासँगै बाँच्न सिकौं’ अभियान

नेपाल क्यान्सर अस्पतालको ‘कोरोनासँगै बाँच्न सिकौं’ अभियान

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले कोरोनासँगै बाँच्न सिकौं भन्ने अभियान अघि सारेको छ ।

कोरोनाबाट डराएर भन्दा पनि यसबाट बच्ने उपायहरु अपनाउँदै अघि बढ्नुपर्ने सन्देश दिंदै अभियान शुरु गरिएको बताउँछन् अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ । उनले भने, ‘कोरोनासँग कहिलेसम्म डराएर घरमै बस्ने ? यो कहिले समाप्त हुन्छ भन्न सकिंदैन किनकी यसको अहिलेसम्म न त कुनै औषधि छ नत कुनै खोप नै ।’  यो अवस्थामा आत्तिएर डराएर मात्र हुँदैन उनले थपे । यसका लागि आफूहरुले अस्पातलमा कार्यरत सफाई कर्मचारीदेखि चिकित्सकसम्म सबैलाई कोरोनाबाट बच्न के के उपाय कसरी अपनाउने भन्ने बारेमा तालिम समेत दिइसकेको बताउँछन् डा श्रेष्ठ ।

अस्पतालले उपचारका लागि आउने बिरामी र तिनका आफन्तलाई समेत यस विषयमा काउन्सिलिङ गर्ने गरिएको जनाएको छ । मास्क कसरी लगाउने, दूरी मेन्टेन कसरी गर्ने, भिडभाडमा जानै परे कसरी जाने, कुन बेला सेनिटाइजर प्रयोग गर्ने लगायतका उपायहरुकाबारेमा नियमित छलफल हुने गरेको उनले जानकारी दिए ।

डा  श्रेष्ठ भन्छन् ,’काेराेनासँग भाग्न सक्दैनौं र यसमा मात्र फोकस हुँदा अन्य राेगका बिरामीको अवस्था जटिल हुनसक्छ भन्ने कुरा पनि हामीले बुझ्ने बेला भइसक्यो ।  यसका साथै हामी सर्वसाधारण पनि आफै सचेत हुन जरुरी छ । सरकारले मात्र गरेन भनेर बसेर कोरोना जाँदैन्। हामीले हरेक मानिसलाई कोरोना हुनसक्छ भन्ने शंकामा राखेर जोगिनका लागि आफै पहल गर्यौं भने यसबाट धेरै हदसम्म जोगिन सक्छौं।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप २० जनमा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदशेमा कुल कोरोना संक्रमितको संख्या १५ सय ५ पुगेको छ ।

आइतबार संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना,लमजुङका ३ जना, तनहुँका २ जना र बाग्लुङका १ जना रहेका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमा कोरोना संक्रमण, ३७५ जना क्वारेन्टाइनमा

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमा कोरोना संक्रमण, ३७५ जना क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : ड्युटीमा खटिएका दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

समूहमा बस्ने उनीहरुलाई कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

यसअघि पनि ट्राफिक प्रहरीलाई कोरोना पुष्टि भएको थियो । अहिले सबै सेवाग्रहीलाई प्रवेशमा निषेध गरिएको छ। र आवतजावत कम गर्न आग्रह गरिएको छ ।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बाँकेमा आजबाट तीन दिनसम्म लकडाउन

बाँकेमा आजबाट तीन दिनसम्म लकडाउन

हेल्थ टिभी अनलाइन\ बाँके:  बाँकेमा आजबाट पुन लकडाउन शुरु भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै बाँके प्रशासनले पहिलो चरणमा तीन दिनका लागि लकडाउन अर्थात निशेधाज्ञा जारी गरेको हो ।

बाँकेमा शुरुमा संक्रमितको संख्या धेरै नै भए पनि बीचमा संख्या घटेको थियो । तर लकडाउन खुलेसँगै पुन संक्रमितको संख्या एकैपटक बढेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको संयोजकत्वमा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बाँकेमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको परीक्षणमा शुक्रबार एकैदिन २७ जनालई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सेवाग्राहीको बढी भिडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी एवं मिठाइ पसल सञ्चालकमा समेत कोरोना देखिएपछि बाँकेमा कोरोना समुदायस्तरमा फैलिएको आशंका गरिएको भन्दै सतर्कता अपनाईको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

म्याग्नस फर्मामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

म्याग्नस फर्मामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : बारास्थित औषधि कम्पनी म्याग्नस फर्मामा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको रामपुर टोकनी गाउँपालिकामा अवस्थित औषधि कम्पनी म्याग्नस फर्मामा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको हाे ।  कम्पनीमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्यको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने बताइएकाे छ ।

उनले उनीहरु मध्ये धेरै जना एउटै रुम सेयर गरेर बस्ने भएकाले पनि संक्रमण देखिएको हुनसक्ने अनुमान गरिएकाे छ । उनीहरु त्यहींको स्थानीयहरु भएको बताइएको छ । म्याग्नस फर्मा नेपालको अग्रणी औषधि कम्पनी हो । जसको मुख्य कार्यालय वीरगंजमा रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबार ३१५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार नाघेको हो । शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

शनिबार देशका विभिन्न आइसोलेसन सेन्टरबाट ९३ जना संक्रमित निका भएर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार ४९२ जनाले कोरोना जितेका छन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म ५६ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै निजामती अस्पतालका कर्मचारीहरु आन्दोलनमा

सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै  निजामती अस्पतालका कर्मचारीहरु आन्दोलनमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : मीनभवनस्थित निजामती कर्मचारीअस्पतालका कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरु आफ्ना समस्या र मागबारे पटक–पटक व्यवस्थापनलाई जानकारी गराएको भए तापनि यसलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको निजामती कर्मचारी अस्पतालका कर्मचारीको माग पूरा नहुँदा अस्पतालमा कार्यरत कर्मचारी पलायन हुने तथा असुरक्षित महसुस गर्ने गरेको बताँउछन् ।

निजामती कर्मचारी अस्पताल कर्मचारी संघले आफुहरु संवेदनशील भए पनि व्यवस्थापनले यसबारे कुनै चासो नदेखाएको जनाएको छ । संघले सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई भेटी अस्पतालका कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह तलब, ग्रेड तथा स्वास्थ्य बिमा सुविधाको ब्यवस्था गरिनुपर्ने, अस्पतालको विनियमावलीमा रहेको विभेदकारी बढुवालाई संशोधन, करारका कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायीका लागि मौका परीक्षामा सामेल गराउनुपर्ने लगाायतका माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।

अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाल वर्षौंसम्म पनि व्यवस्थापनले आफूहरुको माग पूरा गर्नेतर्फ ध्यान नदिएको बताँउछन् । धिमाल व्यवस्थापनले आफूहरुलाई बेवास्ता गर्दै आएको बताउँछन् । ‘कोरोना महामारीका समयमा हामी संवेदनशील छौँ । तर, अस्पताल व्यवस्थापनले हामीले राखेका न्युनतम पारिश्रमिक र सेवासुविधाको मागका सम्बन्धमा के भइरहेको छ भन्ने सम्बन्धमा पटकपटक जानकारी माग गर्दा समेत बेवास्ता गर्दै आएको छ ।

संघले गत वर्ष व्यवस्थापनसँग विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तत्कालिन समयमा व्यवस्थापनले माग एक वर्षको समयसीमा माग गरेको थियो । व्यवस्थापनले माग गरेको समयसीमा लकडाउन अवधिमा सकिएको छ । तर मागका सम्बन्धमा व्यवस्थापनले कुनै जानकारी नगराएको कर्मचारीहरुको गुनासो छ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको अस्पतालको मेरुदण्डका रुपमा रहेका कर्मचारीहरुले न्युनतम सेवा सुविधा नपाँउदा अस्पतालले प्रवाह गर्ने सेवासुविधामा असर पर्ने देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतमा कोरोना संक्रमितको संख्या १७ लाख नजिक 

भारतमा कोरोना संक्रमितको संख्या १७ लाख नजिक 

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या झण्डै १७ लाख पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ शनिबार बिहानसम्म संक्रमितको संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । यसैगरी हालसम्म भारतमा ३६ हजार ५५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ जना कोरोना संक्रमित थपिएका छन् भने ७६४ जनाको मृत्यु भएको छ । यसैगरी भारतमा अहिलेसम्म १० लाख ९४ हजार ३७४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। ५ लाख ६५ हजार बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बझाङमा क्वारेन्टाइनबाट घर पठाइएका २५ जनामा कोरोना संक्रमण देखियो

बझाङमा क्वारेन्टाइनबाट घर पठाइएका २५ जनामा कोरोना संक्रमण देखियो

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : बझाङमा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन केदारस्युँका २५ जना, छबिसपाथिभेराका १ जना र मष्टाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये २५ जना क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी घर पठाइएकाहरु रहेका छन्।

यो सँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९९ पुगेको छ । शुक्रबार केदारस्युँ गापाका वडा नम्बर ६ र ७ का ९ महिला र १६ पुरुष गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए ।

छबिसपाथिभेरा ७ नम्बर ४२ वर्षिय पुरुष र मष्टाका एक पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । केदारस्युँ गाउँपालिकामा संक्रमण देखिएकाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको हो भने छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिकामा संक्रमण देखिएकाहरुको सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

केदारस्युँ गाउँपालिकाका संक्रमितहरु १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर एकहप्ता अगाडी घर पठाइएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।

उनका अनुसार राजधानीका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३२ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक रुपमा संक्रमित फेला परिरहेका छन्।

मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंमा जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगरिएको पाइएको कारण संक्रमितको संख्या बढ्न पुगेको भन्दै यस्तो नगर्न आग्रह गरे ।

आज काठमाडौंसहित २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना डिस्चार्ज भए

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना डिस्चार्ज भए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी २२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

आज मात्रै कोरोना जितेर डिस्चार्ज १५१ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार ३९९ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डडेल्धुरा अस्पतालका चिकित्सक माथी हातपातको प्रयास

डडेल्धुरा अस्पतालका चिकित्सक माथी हातपातको प्रयास

शेर भण्डारी \डडेल्धुरा :  डडेल्धुरा अस्पतालले चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै आपत्ति जनाएको छ।

बिहिबार साँझ भएको दुर्घटनाका घाइते तथा अन्य विरामीहरुको उपचार गरिरहेका बेला एक समूहले चिकित्सकमाति हातपात गर्ने प्रयास गरेको भन्दै अस्पताल प्रशासनले कारवाहीको माग गरेको छ।

शुक्रबार एक विज्ञप्ति निकाल्दै अस्पतालले भनेको छ ‘भिड हुनेगरी १५ देखि २० जनाको समूह आकस्मिक कक्षमा प्रवेश गरेको तथा भिड नगर्न अनुरोध गर्दा ड्युटीमा रहेका चिकित्सकमाथि हातपातको प्रयास भएकोमा अस्पताल प्रशासन, अस्पताल तथा विरामीहरुको सुरक्षाप्रति संवेदनशिल भइदिनहुन सबैमा अनुरोध गर्दछ। साथै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियमानुसार कारवाही गर्न प्रशासन समक्ष माग गरिसकेको जानकारी गराइन्छ।’

यस विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको र दोषीमाथि कारवाही प्रक्रिया अगाडी बढाइने बताए।

ताजा अपडेट