Health TV Online
Health TV Online
Health TV Online

गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्यालकाे खाेजी तीव्र

गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्यालकाे खाेजी तीव्र

काठमाडौं : गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याललाई पक्राउ गर्न कास्की प्रहरी काठमाडौं आएको छ। विद्यार्थीसँग नियमविपरीत लाखौँ रकम असुलेको आरोप लागेका अर्यालसँगै नौ जनालाई पक्राउ गर्न कास्की प्रहरीको टोली यहाँ आएको हो।

कास्की प्रहरीले केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई बी) पत्र लेखेरै खुमा लगायतका अन्य नौ जनालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनीहरूलाई पक्राउ गर्नका लागि टोली परिचालन गरिसकेको जनाएको छ।

खुमा अर्याल लगायतलाई नियन्त्रणमा लिनका लागि कास्की प्रहरी प्रमुख एसपी ओम राना सहितको टोली पनि काठमाडौंमा रहेको स्रोतले जनाएकाे छ।

मेडिकल कलेजका विद्यार्थीले अत्यधिक रकम असुलेपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध उजुरी दर्ता गरेका थिए। ११ जना मध्ये कजेलका कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरिसकेको छ।

५० करोड ठगेको आरोप  नर्सिङ र एमबीबीएस अध्ययनरत ५४ जना विद्यार्थीले कास्की प्रहरीमा ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता गराएपछि कास्की प्रहरीले अनुसन्धान अघि बढाएको थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार