Health TV Online
Health TV Online
Health TV Online

‘क्षयराेग नियन्त्रणमा हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गर्ने वेला आएको छ’

‘क्षयराेग नियन्त्रणमा हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गर्ने वेला आएको छ’

भक्तपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले देशमा क्षयरोगीको संख्या वार्षिक रूपमा बढ्दै गएको सन्दर्भमा हामी कहाँ चुक्यौँ भन्ने समीक्षा गर्ने वेला आएको बताएका छन्।

विश्व क्षयरोग दिवसको अवसरमा भक्तपुरको मध्यपुर ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री यादवले बिरामीलाई उपचारका लागि अस्पतालमा ल्याउनै समस्या भएको बताए।

‘अब क्षयरोगबाट कसैको मृत्यु हुन नदिन सबैको पहल आवश्यक छ’, उनले भने, ‘सरकारले व्यापकरूपमा जनचेतना जगाउने कार्यक्रम ल्याउनेछ।’

दूर दराजका गाउँहरूमा रोग लागेको थाहा नहुने, भइहाले पनि ढिलो उपचार गर्न आउने र कतिपय त उपचारका लागि नै नआउने कारण क्षयरोगका रोगी बढिरहेको उनले बताए। मन्त्री यादवले केन्द्रमा मात्र नभई अब प्रदेश प्रदेशमा एडभान्स ट्रिटमेन्ट सेन्टर रिसर्च सेन्टर बनाउनुपर्ने बताए।

देश संघीय संरचनामा गइसकेकाले स्थानीय सकरकारको पहलमा गाउँगाउँमा जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ’, उनले भने, ‘समयमै उपचार गराउने र रोगमुक्त भएकालाई परिवारमा पुनः स्थापना गर्न पहल सरकारले पहल गर्नेछ।

क्षयरोग उपचारको क्षेत्रमा योगदान पुर्याएको भन्दै कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री  डा.सुरेन्द्रकुमार यादवले चिकित्सक तथा कर्मचारीलाई सम्मान गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार