Health TV Online
Health TV Online
Health TV Online

सर्वाेच्च अदालतमा शिशु स्याहार केन्द्र

सर्वाेच्च अदालतमा शिशु स्याहार केन्द्र

काठमाडौं : सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा पहिलो पटक स्थापना गरिएको शिशु स्याहार केन्द्र उद्घाटन गरे।

सर्वोच्च अदालतका महिला कर्मचारीहरूलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरूको अधिकार हनन् हुन नदिने मुख्य उद्देश्यका साथ शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिइन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा स्थापना गरिएको शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरूको शिशुहरूको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ।

कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरूका शिशुहरूकाे स्याहारका लागि केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार