ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन हुने
काठमाडौं : दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन यही चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्ष्टिच्यूटकाे आयोजनामा हुने सम्मेलनमा सातै प्रदेशका १२५ स्वास्थ्यकर्मी सहभागी हुनेछन्।
ग्रामीण क्षेत्रका प्रभाव भइराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल, तालिम प्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलनमा निक साइमन्स पुरस्कार २०१८ समेत प्रदान गरिनेछ। इन्ष्टिच्यूटका प्रशासन संयोजक नवराज श्रेष्ठका अनुसार सम्मेलनमा ग्रामीण क्षेत्रका कार्यरत चिकित्सक, नर्स, स्वयंसेविकाले आफ्ना सफलताका कथा प्रस्तुत गर्नेछन्।
जिम र मेरिलिन्स साइमन्सले आफ्ना दिवंगत छोरा निक साइमन्सको सम्झनामा स्थापना गरेकाे याे इन्ष्टिच्यूटले सन् २००८ देखि ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन आयोजना गर्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो संस्थाले हाल बर्सेनि ३५ देखि ४० करोड रूपैयाँ नेपालको स्वास्थ्य सेवामा खर्च गर्दै आएको छ।
सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्ने बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण