Health TV Online
Health TV Online
Health TV Online

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौंः शिक्षा मन्त्री गिरिराजमणि पोखरेल बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।

उनी बिहिवार अस्वस्थ भए लगत्तै नयाँ बानेश्वरस्थित भरोसा अस्पतालमा उपचार गराएका थिए । पछि थप जाँचका लागि अस्पताल भर्ना हुनुपर्ने भएपछि साँझ ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका हुन्।

उनलाई फुड प्वाइजन भएको चिकित्सकले अनुमान गरेका छन्। यद्यपी  उनकाे स्वास्थ्य शुक्रबार बिहानदेखि सुधारोन्मुख भएको र अन्य थप जाँच भइरहेको  साथै केही रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार