Health TV Online
Health TV Online
Health TV Online

अस्पताल भवन जीर्ण बन्दा भुइँमा राखेर बिरामीकाे उपचार

अस्पताल भवन जीर्ण बन्दा भुइँमा राखेर बिरामीकाे उपचार

जाजरकोट : जाजरकोट अस्पतालमा बिरामीको चाप बढेपछि बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ। ५० शय्याको अस्पतालको स्तरोन्नति नहुँदा बिरामीको भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा. महेश सेजुवालले जानकारी दिए।

निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताए। एउटा शय्यामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताए।

उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने शल्यक्रियासमेत हुने भएपछि बिरामीको घुइँचो लाग्ने गरेको छ। २०३२ मा निर्माण गरिएको भवन जीर्ण भएका कारण  उपचारमा कठिनाइ भएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन्।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आर्थिक वर्षमा ५२ करोड रूपैयाँको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान हुन लागेको बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार