न्याम्समा पदाधिकारी नियुक्ति त्रुटिपूर्ण : गाेदान
काठमाडौं : सरकारी चिकित्सक संघ गोदानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सरकारले हालै गरेको पदाधिकारी नियुक्ति त्रुटिपूर्ण रहेको भन्दै सच्याउन माग गरेको छ।
स्वास्थ्य प्रतिष्ठानजस्तो ठाउँमा राजनीतिक आधारमा र सरकार सेवाभन्दा बाहिरबाट नियुक्ति भएको भन्दै संघले आपत्ति जनाएको हो।
‘चिकित्सा विज्ञान प्रतिष्ठानमा नेपाल सरकारले गरेको पदाधिकारी नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँले गरेको सम्झौताविपरीत मात्र नभई यसले सरकारी सेवामा रहेका चिकित्सकहरूलाई अयोग्य ठहर गरी अवमूल्यन गरेको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ’, तसर्थ यो संघ त्यसकेो घोर भर्त्सना गर्दछ र निर्णय तत्काल सच्याउन माग गर्दछ।’
सरकारले गत शुक्रबार प्रा.डा. देवनारायण साहलाइ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गरेकाे थियाे।
हेर्नुहाेस् विज्ञप्ति ः
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य