कास्कीमा पनि बर्डफ्लु
पोखरा : कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा कुखुरामा बर्डफ्लु भेटिएको छ। स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लु भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक सहदेव पौडेलले जानकारी दिए।
सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवं पक्षीजन्य पदार्थ पूर्णरूपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’