राष्ट्रिय परिवार योजना सम्मेलन सुरु
काठमाडौं : स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले गरेको ‘राष्ट्रिय परिवार योजना’ सम्मेलन राजधानीमा सुरु भएको छ।
सम्मेलनको उद्घाटन गर्दै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परिवार नियोजनको पहुँच बाहिर रहेका मानिसहरुलाई समेट्न सम्मेलनले सहयोग गर्ने बताए ।
नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या केही वर्षदेखि स्थिर रहेपछि सरकारले सम्मेलन गरी समस्या पहिचान गर्न खोजेको महाशाखाका निर्देशक डा आर पी विच्छाले जानकारी दिए। उनले भने, ‘सम्मेलनले पहुँच बाहिर रहेकालाई कसरी समेट्ने भन्ने आइडिया दिनेछ।’
नेपालमा हाल ४३ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेका छन्। दुईदिने सम्मेलनमा परिवार स्वास्थ्यसँगसम्बन्धित विषयमा अनुसन्धानकर्ताहरूले खोज तथा अनुसन्धानबारे २४ वटा मौखिक प्रस्तुति र २८ वटा पोस्टर प्रस्तुत गर्नेछन्। जसमध्ये परिवार नियोजनका साधनको पहुँच र यससँग सम्बिन्धत विषयवस्तु समेटिएका छन्।
त्यसबाहेक स्थिर रहेको आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगदरको कारण विश्लेषण गर्न र आगामी दिनमा समाधानका उपायहरुको विषयमा समेत प्रस्तुतीकरण हुनेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’