आँखा शिविरमा १०० जनाले गराए शल्यक्रिया
डोटी : नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् ।
यही चैत १ गते शुरू भएकाे शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए।
उनका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीको आँखाको शल्यक्रियाका लागि सो शिविर सञ्चालन गरिएको हो।
जिल्ला अस्पताल, च्यारिटी हेल्थ फाउण्डेसन, चोपडा अस्पताल, शैलेश्वरी अस्पताल, धनगढी नेत्रालय र प्रदेश सरकारले सो शिविरमा सहयोग गरेका छन् ।
आँखा शिविर पछि पुनः शल्यक्रिया शिविर आयोजनाले यहाँका बासिन्दा खुशी भएको स्थानीयवासी डबल साउदले बताए। शिविर पाँच दिन चल्नेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण