विश्व सम्पदा क्षेत्रमा रक्तदान
काठमाडाैं : ब्लड डोनर्स एसाेसिएसन नेपालले विश्व सम्पदा क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाले शनिवार पत्रकार सम्मेलन गरी जनाएको हाे।
देशभर रगत अभाव हुन नदिन र रगतको मागलाई परिपूर्ति गर्ने गरी संस्थाले जनचेतनामूलक कार्यक्रम अघि सारेको संस्थाका उपाध्यक्ष सूर्यलाल महर्जनले बताए।
संस्थाको काठमाडौँ शाखाका सचिव अनिलरत्न तुलाधरले नेपाल मात्रै नभएर भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराइरहेको बताए। तुलाधरले आफूले भाइवर, इमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण