मरेपछि खेर जाने अंग दान गर्न नहिच्किचाऔँ: स्वास्थ्यमन्त्री यादव
भक्तपुर: विश्व मिर्गौला दिवसको अवसरमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले मरणोपरान्त अंगदान गरेका छन्। बिहीबार भक्तपुरको सैनिक महाविद्यालयमा आयोजना भएको कार्यक्रममा मन्त्रीद्वयले मरणोपरान्त अंगदान गरेका हुन्।
स्वास्थ्यमन्त्री यादवले मृत्युपछि खेर जाने अंगले धेरै बिरामीको ज्यान बचाउन सक्ने भन्दै अंगदान गरेको बताए। उनले यसवारे जनचेतना जगाउन पर्नेमा जोड दिए । उनले मिर्गौला उपचारको क्षेत्रमा सरकारले उल्लेख्य सुधार गरेको भए पनि अझै गाउँ गाउँसम्म सेवा पुर्याउन भने नसकेको जिकिर गरे।
दिवसको अवसर पारेर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य फाउण्डेसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मिर्गौला प्रत्यारोपण गराएका बिरामी र चिकित्सकबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता समेत भएको थियो। प्रतियोगितामा चिकित्सकको तर्फबाट स्वास्थ्यमन्त्री यादव र प्रत्यारोपी समूहको तर्फबाट ध्रुवसिंह मल्लले नेतृत्व गरेका थिए। मिर्गौला प्रत्यारोपण गरेपछि पनि स्वस्थ जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिन केन्द्रले प्रत्येक वर्ष चिकित्सक र प्रत्यारोपण गरेका बिरामीबिच मैत्रीपूर्ण फूटबल खेलको आयोजना गर्ने गरेको छ । मैदानमा उपप्रधान तथा स्वास्थयमन्त्री यादवले फूटबल खेलेर खेलको उद्घाटन गरेका थिए ।
कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालको प्रत्यारोपणसम्बन्धी कानुन विश्वमै उदाहरणीय रहेको बताए। उनले भने, ‘सरकारले कानुन बनाएको छ । अब यसलाई अंगदान गरेर कार्यान्वयन गर्ने बेला आएको छ।’
कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाली राजदूत, कोरियाली राजदूत वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतले अंगदान अभियानलाई अघि बढाउनपर्नेमा जोड दिएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण