Health TV Online
Health TV Online
Health TV Online

गाउँभर भाइरल ज्वरोको प्रकोप

गाउँभर भाइरल ज्वरोको प्रकोप

म्याग्दी : बूढीनन्दा नगरपालिका–३ साविकको कोल्टी गाविस नुरी कालगोठीमा भाइरल ज्वरोको प्रकोप गाउँभर फैलिएको छ।

लगातारको वर्षा र पटक\पटकको हिमपातका कारण दैनिकरूपमा चिसो बढ्न थालेपछि विगत एक सातादेखि पूरै गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। भाइरल ज्वरोबाट गाउँका १२० भन्दा बढी बिरामी परेको बूढीनन्दा नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिए।

‘टाउको दुख्ने, ज्वरोे आउने, खोकी लाग्ने, खान मन नलाग्नेलगायतका समस्याबाट गाउँका सबै प्रभावित भएको छ’, उनले भने, ‘भाइरल ज्वरोबाट थला पर्न थालेपछि गाउँका पशुचौपायालाई गोठमै राख्नुपर्ने अवस्था आएको छ।’

उपचारका लागि बिरामीलाई करीब छ घण्टा पैदलयात्रा गरेर कोल्टी प्राथमिक उपचार केन्द्रसम्म पुग्नुपर्ने अवस्था छ। बिरामीलाई आवतजावत गर्न निकै कठिन भएकाले स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसकेको र यसले गर्दा बिरामी थला पर्न थालेको उनले बताए।

पूरै गाउँका मानिस नै बिरामी भएपछि उनीहरुलाई स्वास्थ्य संस्थामा ल्याउन नसकेको वडाध्यक्ष बोहराले जानकारी दिए। प्राथमिक स्वास्थ केन्द्र कोल्टीका प्रमुख डाक्टर गणेश चौधरीले नुरीका स्थानीयवासीमा भाइरल ज्वरोको प्रकोप फैलिएको बारेमा आफूलाई जानकारी नआएको प्रतिक्रिया दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार