अस्पताल निर्माण गर्न एक कराेड संकलन
सोलुखुम्बु : थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लीमा निर्माण हुन लागेको दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि हालसम्म एक करोड १५ लाख रुपैयाँ सङ्कलन भएको छ।
अस्पताल निर्माणका लागि चैत २ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह महाज्ञको आयोजना गरी गाउँपालिकाले रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
नौ वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा महायज्ञ आयोजक उपसमिति गठन गरी आर्थिक सङ्कलनको काम भइरहेको बताइएको छ। यस्तै विभिन्न देशबाट ५० हजारदेखि एक लाख रूपैयाँभन्दा बढी सहयोग आइरहेको बताइएको छ।
जिल्लामा क्रियाशील सम्पूर्ण सामाजिक सङ्घसंस्थाका अभियन्ताले समेत सो कार्यको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लास्थित एक नगरपालिकासहित सात वटा स्थानीय तहले रु पाँच\पाँच लाख सहयोग गरेका छन्।
यस्तै पत्रकार भोजराज कार्कीले एक लाख २२ हजार २२२ सहयोग गरेको गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण