Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीकाे आश्वासनपछि सरकारी चिकित्सककाे आन्दोलन स्थगन

प्रधानमन्त्रीकाे आश्वासनपछि सरकारी चिकित्सककाे आन्दोलन स्थगन

काठमाडाैं : कर्मचारी समायोजनमा असन्तुष्ट सरकारी चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले  माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गरेको विज्ञप्तिमार्फत जानकारी गराइएकाे हाे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा गोदानका पदाधिकारीबीच शनिबार छलफल भएको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रवीन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई संघ अन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृत्ति विकास रोकिन नहुने लगायतका माग उठान गर्दै गोदान आन्दोलनरत् रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार