पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यस्थित निकै गम्भीर : ह्याम्स अस्पताल
काठमाडौं : पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित निकै गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्तका अनुसार उनको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीर महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन्। बितेका २४ घण्टादेखि पिसाब बन्द भएको छ।
पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै अस्पतालले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उनको स्वस्थ्यमा सुधार नआएको बताएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’