एनएमसीमा पाठेघरको जटिल अप्रेसन ल्यापरोस्कोपिक प्रविधिबाट
काठमाडाैं : नेपाल मेडिकल कलेज (एनएमसी) जोरपाटीमा पाठेघरको ट्युमरको अप्रेसन ल्यापरोस्कोपिक प्रविधिबाट गर्न थालिएको छ।
केही दिनयता कलेजले जस्तोसुकै ट्युमरको अप्रेसन पनि ल्यापरोस्कोपिक (दूरबिनको सहायता) प्रविधिले गर्न थालिएको छ। दुई दिनयता मात्रै अस्पतालमा दुई ठूला अप्रेसन दूरबिनको सहायतामा सफल भएको छ।
४४ वर्षीया सुनिता भट्टराई (नाम परिवर्तन) र ४७ वर्षीया रिता पराजुली (नाम परिवर्तन)को पाठेघरको ट्युमर निकालिएको हो। उनीहरूको पाठेघरभित्र करिब दुई\दुई केजीको ट्युमर पलाएको थियो।
केही समययता चिकित्सकहरूले चिरेर गर्ने अप्रेसनभन्दा दूरबिनको सहायताले गर्ने अप्रेसनमा क्षमता विकास गर्न थालेकाे चिकित्सकहरू बताउँछन्। ‘पहिला देखिनै दूरबिनको सहायतामा अप्रेसन हुँदै आएको थियो’, स्त्रीरोग विशेषज्ञ डा.रिता मरठ्ठाले भनिन्, ‘तर, अहिले भने ठूला ठूला अप्रेसनहरू पनि दूरबिनको प्रयोगमार्फत निकाल्न सफल भएका छौँ।’
चिकित्सकहरूका अनुसार दूरबिनका माध्यमबाट गरिएको अप्रेसनले चिकित्सक र बिरामीलाई पनि राहत पुग्छ। डा. मरठ्ठाका अनुसार नेपाल मेडिकल कलेजमा चिरेर गरेको र दूरबिनका माध्यमबाट गरेको अप्रेसनकाे शुल्क एउटै पर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण