Health TV Online
Health TV Online
Health TV Online

आजदेखि देशभरका सरकारी चिकित्सकले सेवा बहिस्कार गर्दै

आजदेखि देशभरका सरकारी चिकित्सकले सेवा बहिस्कार गर्दै

काठमाडाैंः आजदेखि देशभरका सरकारी चिकित्सकले सेवा बहिष्कार गर्ने भएका छन्।

सरकारलाई दिएको ७२ घन्टे अल्टिमेटम मंगलबार सकिएपछि आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए । उनले भने, ‘हामीले सरकारलाई ७२ घण्टा समय दिएका थियौं तर कुनै जवाफ आएन त्यसैले बाध्य भएर सेवा बहिष्कारमा जान पर्यो।’

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै देशभरका सरकारी चिकित्सकहरु संघकाे नेतृत्वमा झण्डै एक महिना देखि आन्दोलनमा उत्रेका हुन्। सरकारले आफूहरुसँग गरेको सम्झौता पालना नगरेको भन्दै उनीहरुले आजबाट आकस्मिक बाहेकको सेवा बहिष्कारको आन्दोलन शुरु गरेका हुन्।

देशभरका १४ सय सरकारी चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामीहरू भने मारमा पर्ने देखिएको छ । आफना सबै माग पूरा नभए १४ सय सरकारी चिकित्सकले राजिनामा दिने चेतावनी समेत संघले दिंदै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार