बाँकेका दुई वटा प्राथमिक स्वास्थ्य अस्पतालमा परिणत हुँदै
बाँके : जिल्लस्थित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैजनाथ गाउँपालिकाको वनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
खजुरा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र यथावत् रहने भएकाे छ। चन्दका अनुसार स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय गरेको छ। खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका वडामा स्वास्थ्य चौकी स्थापना गरिने भएको छ।
स्वास्थ्य चौकी स्थापना हुने वडामा सात हजार वा सोभन्दा बढी जनसंख्या र न्यूनतम १६ आना जग्गा भएमा ६३ लाख ४६ हजार रूपैयाँ बराबरको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।
जनस्वास्थ्य अधिकृत चन्दले दिएको जानकारी अनुसार, सात हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा भएको वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एकतले आधारभूत स्वास्थ्य चौकी स्थापना गर्ने नीति मन्त्रालयले लिएकाे छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण